बसाईंका लेखक लीलबहादुर क्षेत्रीलाई पद्यश्री पुरस्कार

म्यूजिक खबर
प्रकाशित: १४ माघ २०७६, मंगलवार
Lil Bahadur Chhetri

दार्जिलिङ । लोकप्रिय उपन्यास बसाईंका लेखक लीलबहादुर क्षेत्रलाई भारत सरकारले यसवर्षको पद्यश्री पुरस्कार प्रदान गर्ने भएको छ । भारत सरकारले यसवर्ष असमका साहित्यकार लीलबहादुर छेत्रीसँगदै सिक्किमका खेलाडी तरुणदीप राई र उत्तरप्रदेशका खेलाडी जितु छेत्रीलाई पद्मश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

भारत सरकारले यसवर्ष ७ जनालाई पद्मविभूषण, १६ जनालाई पद्मभूषण अनि ११८ जनालाई पद्मश्री पुरस्कार दिने भएको छ, जसमा तीनजना नेपालीभाषीले पनि पद्मश्री पाउने भएका हुन् । प्रत्येक वर्ष गणतन्त्र दिवसको पूर्वसन्ध्यामा घोषणा गरिने यी प्रतिष्ठित नागरिक पुरस्कार राष्ट्रपतिको बाहुलीबाट प्रदान गरिन्छ ।

लीलबहादुर छेत्री नेपाली साहित्यमा एक सम्मानित नाम हुन् । उनका ‘बसाइँ’, ‘अतृप्त’, ‘ब्रह्मापुत्रको छेउछाउ’ र ‘प्रतिध्वनिहरु विस्मृतिको’ जस्ता उपन्यास चर्चित छन् । उनले १९८७ मा ‘ब्रह्मापुत्रको छेउछाउ’ कृतिका लागि साहित्य अकादमी पुरस्कार प्राप्त गरिसकेका छन् । बसाईँ उपन्यास अहिलेसम्मकै धेरैपटक प्रकाशित भएको पुस्तक हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु