• लोकराज अधिकारीको शब्दमा सिडि विजयको स्वर रहेको ‘जिन्दगानी के छ र’ चर्चा बटुल्दै

    म्यूजिक खबर
    प्रकाशित: १३ पुष २०८१, शनिबार
    Lokraj Adhikari

    काठमाडौं । गीतकार लोकराज अधिकारी गीति लेखनमा चर्चित नाम हो । तिम्ले पराई ठानेपछि होस् रुपै मोहनी होस् उनका सयौं गीतहरु हिट लिस्टमा पर्ने गर्छन् । तिनै गीतकार लोकराज अधिकारीको पछिल्लो शब्द सिर्जनामा रहेको ‘जिन्दगानी के छ र !’ यतिबेला डिजिटल प्लेटफर्महरुमा चर्चा बटुल्ने क्रममा छ । द भ्वाइस अफ नेपालका प्रथम विजेता सिडी विजय अधिकारीको सङ्गीत तथा स्वर रहेको ‘जिन्दगानी के छ र’ गीतमा पुस्कर खत्रीको संगीत संयोजन रहेको छ । प्रियसी म्यूजिकको ब्यानरमा निर्माण भएको यो गीतको म्यूजिक भिडियोसहित प्रियसी म्यूजिकको अफिसियल यूट्युब च्यानलबाट सार्वजनिक भएको छ ।
    ‘जिन्दगानी के छ र !’ को म्यूजिक भिडियोलाई बबिता श्रेष्ठ ‘मलेकु’ले निर्देशन गरेकी छन् । भिडियोमा दीपेन्द्र राज गिरी, जुना एसडि र बाल कलाकार एला पुरीको अभिनय रहेको छ । भिडियोलाई उत्तम हुमागाईँले खिचेका हुन भने मीन रावलले सम्पादन गरेका हुन् ।
    भिडियोमा जन्म र मृत्यु शाश्वत भएपनि देशको अवस्थाका कारण आर्थिक भार र ऋणको बोझका कारण मान्छेमा बढ्दै गएको डिप्रेसनले निम्त्याउदै गरेको समस्यालाई देखाउने प्रयास गरेको छ । जस्तो सुकै समस्या आइपरेपनि घरपरिवार प्रतिको जिम्मेवारी बिर्सन नहुने सन्देश भिडियो मार्फत दिन खोजिएको निर्देशक श्रेष्ठले बताइन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु