काठमाडौं । राजधानीको लेखनकुन्जमा लुना कृति शताब्दि पुरुष सत्यमोहन जोशी, लेखक डाक्टर तुम्लालाकौल, मोटिभेशनल स्पीकर एवम प्रिज्म एडभराटाईजिङका सिईओ रन्जित आचार्य , महिला अधिकारवादी डक्टर ईन्दिरा बस्नेत मनोविज्ञानविद करुणा वन्त, डा.रेभा श्रेष्ठ, अरुणा राज्यलक्ष्मी शाहलगायतले लोकार्पण गर्नुभएको हो ।
घोष्ट राईटिङ् नेपालले प्रकाशित गरेको पुस्तक जीवनोपन्यास हो । डाक्टर तुम्लालाकौलको जीवनमाथि गत २ बर्ष अध्ययन गरेर पुस्तक प्रकाशित गरिएको हो ।
कर्यक्रममाबोल्दै शताब्दिपुरुष सत्यमोहन जोशीले आफुले बिसं १९९५ सालमा पढेको रुपमति बाट २०७५ सालामा निक्लेको आफैंले विमोचन गरेको लुनासम्म आईपुग्दा उपन्यासमा धेरै विविधता आए पनि लुनामा जीवनबादी दृष्टिकोणले यो उपन्यास अहिलेसम्मकै फरक रहेको बताउनुभयो ।
मृत्यु र जीवनबिचमाबाचेको जीवनको यो कथा अंग्रेजीमा उल्था गरेर यसलाई विश्वब्यापिकरण गर्न लेखक प्रकाशकलाई सुझाव दिनुभयो ।
नेपाली समाजमा लुनाले नेपाली महिलालाई बाँच्ने र केही गर्ने कला सिकाउने कार्यक्रमका अर्का अतिथि रन्जित आचार्यले बताउनुभयो । कार्यक्रममा सहभागि डक्टर ईन्दिरा बस्नेतले लुनाको जस्तै जीवन धेरै नेपालीमहिलाले भोगेको तर जीवनकथामा नआएकोले सबैलाई यस्ता जीवन लेखेर प्रेरणा दिन सझाव दिनुभयो ।
लेखक डाक्टर तुम्लालाकौलले आफ्नो जीवनको असाध्यै जटिल मोडमा भएको बेला लेखिएको यो कृतिले आफुलाई शेलिको कविता याद दिलाएको बताउनुभयो । भयानाक पीडाबाट एक सुन्दर कविता जन्मन्छ भन्ने उक्ति जस्तै यो किताब पनि जीवनको निकै दर्द भएर बाँच्ननसक्ने बेलामा लेखेकोले यसले समाजलाई प्रेरणा दियो भने आफुलाई खुशी लाग्ने बताउनुभयो । २०० पेजको पुस्तकलुनाको मुल्यतीन सय पचास रुपैया रहेको छ ।
लुना पुस्तकको केही अंश
उर्लंदो भेलजस्तो उसको उमेरको रफ्तारलाई कारागारमा थुनेर उसका रहरलाई विवेक कोर्रा हान्थ्यो । इच्छाहरुको हत्या हुन्थे त्यहाँ । समर्पण र विश्वासमाथि खुलेआम सडकमा गोली चल्थे । तर पनि एउटा नारीको प्रेम क्रूर प्रेमीमा छताछुल्ल भएर बस् पोखिन्थ्यो र चुलीभएर प्रेम पोखिन्थ्यो ।
लुना एकदमै आत्तिएकी थिई । ऊ भास्कर र छोराछोरीलाई पटकपटक हेर्दै आफूलाई सम्हाल्ने कोसिस गर्दै थिई । सौर्यले बिस्तारै आमाको हातच्याप्प समायो । उसले पुलुक्क छोराको अनुहारमा हेरी । पीडाले गलिसकेको थियो उसको पनि अनुहार तर हिम्मतले बोल्यो, “आमा ! हजुरका लागिदिदी र म छौ“ । हाम्रालागि अब बुवाभने पनिआमाभने पनिहजुरमात्रहो ।हजुर साहसीबन्नुस् । हामी अब ठूला भइसक्यौ“ । हजुरलाई कहिल्यै दुःखदिँदैनौ“ । माया गर्छौं । ख्याल राख्छौं हजुरको ।” सौर्य बोल्दै थियो । उसका कुराले लुनाकाआँखानिथु्रक्कभिजे । मनिटरमा भास्करको समय घटिरहेको थियो क्रमशः ।
लुनाले मन दह्रो बनाएर भनी, “मलाई थाहा छ । उहाँ जीवनका अन्तिम पलहरु गन्दै हुनुहुन्छ । तर, उहाँलाई अब म केही गर्न सक्दिनँ । जे छ अब भगवान्को हातमा छ । अहिले उहाँलाई अत्यन्तै गाह्रो भइरहेको छ ।” ऊ बोल्दाबोल्दै भावविह्वल भएर लड्न खोजी । छोरा आएर उसलाई सम्हाल्यो र सम्झायो, “आमा म हजुरको साथमा छु । हिम्मत नहार्नुस् । यो जीवनको प्रक्रिया हो । बुवाले जस्तै खुसीदिन सकिनँ भने पनि म हजुरलाई दुःख चाहिँ कहिल्यै दिन्नँ ।” यतिभन्दै गर्दा उसका आँखाबाट पनि बरर आँसु झरे ।