वसन्त वित्यासीको नेतृत्वमा गीतकार संघ नेपाल

म्यूजिक खबर
प्रकाशित: ३० पुष २०७९, शनिबार
Lyricist Association of Nepal

काठमाडौं । गीतकार संघ नेपालमा गीतकार वसन्त बित्यासी थापाको नेतृत्वमा नयाँ कार्यसमिति आएको छ । तेह्रौं साधारणसभा एवम् छैटौं अधिवेशनबाट थापाको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । यसअघिको कार्यकालमा उपाध्यक्षको जिम्मेवारी सम्हालेका थापा संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
त्यस्तै संघको उपाध्यक्षमा रमेश कोईराला बहुमतका साथ निर्वाचित भए । उपाध्यक्षका अर्का प्रत्यासी विपिन किरणले १६ मत ल्याएका थिए भने कोईरालाले ५३ मत ल्याएर निर्वाचित भएका हुन् ।

त्यसैगरी संघको महासचिवमा चारी मतान्तरका साथ टीका राई (शिव) निर्वाचित भए । महासचिवका प्रतिद्वन्द्वी महेश आचार्यले १६ मत ल्याएका थिए भने राईले ४८ मत ल्याएर निर्वाचित भएका थिए ।
त्यस्तै सचिवमा शितल कादम्बिनी र कोषाध्यक्षमा चेतव खतिवडा निर्विरोध निर्वाचित भएका हुन् । संघको सदस्यमा कमल पौडेल, जीवन मुकारुङ, सुरेन्द्र थपलिया, राधा पाण्डे गिरी, तिब्बत बहादुर दर्लामी, भगवती रोक्का (भूमिका) निर्विरोध निर्वाचित भएका छन् ।

प्रा.डा.कृष्णहरि बरालको नेतृत्वमा स्थापना भएको गीतकार संघ नेपालको अध्यक्षमा योगेन्द्रमणी दाहाल (दुई कार्यकाल), चूडामणी देवकोटा (दुई कार्यकाल), शुभ मुकारुङ एक कार्यकाल नेतृत्व गरिसकेका छन् ।
म्यूजिक खबर परिवार गीतकार संघ नेपालको नवनिर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु