लकडाउनमा आयो राष्ट्रिय भावको गीत ‘मैले टेक्ने जमिनमा’ (भिडियो हेर्नुहोस्)

म्यूजिक खबर
प्रकाशित: ६ बैशाख २०७७, शनिबार

काठमाडौं । कोरोनाको संक्रमणबाट विश्वभरको वातावरण त्रसित र शून्य भइरहेको बेलामा सम्पूर्ण क्षेत्रमा यसको प्रत्यक्ष असर परिरहेको छ । यो असरभित्र परेको चलचित्र एवं गीत संगीत क्षेत्र पनि निरश बन्दै गएको छ । तर यही मेसोमा राष्ट्रभक्तिसहित उर्जाशील बनाउँदै भकारी म्यूजिकले राष्ट्रिय भावको गीत लिएर आएको छ । दीपक लिम्बू, रिमा गुरुङ होडा, निरश मगरको स्वर रहेको गीतलाई वसन्त वित्यासी थापाले लेखेका हुन् । निरश मगरको संगीत एवं महाराज थापाको संगीत संयोजन रहेको छ । किशोर थापाको रेकर्डिङ एवं मिक्सिङ रहेको छ ।


मैले टेक्ने जमिनमा शानले बास गर्न फाऊँ
आफ्नै भूमिमा उब्जेको अन्नले गाँस भर्न पाऊँ

यस गीतको म्यूजिक भिडियोलाई दिपेन बस्यानतले निर्देशन एवं सम्पादन गरेका छन् । भुवन अछामी, दिपक श्रेष्ठ, आर्यन अछामी, सुस्मिता गिरी, पवित्रा थापा, प्रिया थापा, मनिराम थापा, विजु थापाको अभिनय रहेको यस गीतको म्यूजिक भिडियोलाई बेस्ट टोन म्यूजिकको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु