काठमाडौँ । लोकप्रिय गायिका मल्लिका कार्कीको तीज गीत ‘रातै सारी रातै टिकी’ सार्वजनिक भएको छ । चर्चित गीतकार किरण केसी क्रोधी द्वारा शब्द संकलित गीतमा ताराप्रकाश लिम्बुले संगीत भरेका हुन् । राजन इशानले संगीत संयोजन गरेको यस गीतमा गायिका मल्लिका कार्कीको सुमधुर स्वर सुन्न सकिन्छ ।
चर्चित निर्देशक तथा कोरियोग्राफर शंकर बिसीले निर्देशन तथा कोरियोग्राफी गरेका छन् । हरि हुमागाईंले छायांकन गरेको सार्बजनिक म्युजिक भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन् ।
गीतमा हरेक नारीले लगाउने ऋंगारको चर्चा गरिएको छ । गीतमा लोकप्रिय नेपाली ‘ट्विीनी गर्ल’ तथा मोडलद्वय प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडाले दिदी बहिनी सौभाग्यको प्रतिक मानिने सिन्दुर, चुरा पोतेमा सजिएर गीतमा नृत्य गरेका छन् ।