डिआरको ‘जवानीमा पहिलो पाईला’ मा प्रकाश र मनिषा ! हेर्नुहोस् भिडियो

म्यूजिक खबर
प्रकाशित: ३ चैत्र २०७५, आईतवार

काठमाडौं । डा. डीआर उपाध्यायको नयाँ गीत ‘जवानीमा पहिलो पाईला’ सार्वजनिक भएको छ । शशि रावलको स्वर, सागर अधिकारी ‘शरद’को सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

डीआरको ‘सहेली’ एल्बममा रहेको यो गीतको भिडियोलाई सुवाष प्रधानले निर्देशन गरेका हुन् । प्रेम लामाको छायाँकन, टेकेन्द्र शाहको सम्पादन रहेको गीतको भिडियोमा मनिषा सापकोटा र प्रकाश विकलाई फिचर्ड गरिएको छ ।

डीआर म्युजिक एण्ड ट्रेडिङबाट सार्वजनिक गरिएको गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ ।
साहित्यकार तथा गीतकार डा. डी.आर. उपाध्यायले केही समयअघि नेपाली एल्बम प्रकाशनमा एकैपटक सबैभन्दा धेरै एल्बम निकालेर नयाँ रेकर्ड राखेका थिए ।

 

 

पूर्वपश्चिम साहित्यिक तथा सांगीतिक विमर्श अभियान सम्पन्न !

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु