मन्जुको ‘माइतीको आँगन’मा सञ्चारकर्मी अनुसाको छमछमी !

म्यूजिक खबर
प्रकाशित: १३ श्रावण २०७५, आईतवार

श्रावण १३, काठमाडौं । हिन्दु महिलाहरुको महान चाड तिज नजिकिँदै छ । बजारमा दिनहुँ नयाँ नयाँ तीज गीत भित्रिने क्रम जारी छ । तीजलाई नै लक्षित गर्दै चर्चित गायिका मन्जु पौडेलले पनि ‘माइतीको आँगन’बोलको वास्तविक तिज गीत सार्वजनिक गरेकी छिन् । मन्जु पौडेलको आवाज रहेको उक्त गीतमा मौलिक शब्द, लय प्रयोग गरिएको छ ।

दिग्गज धौरालीको शब्द रहेको उक्त गीतको संगीत संयोजन बिनोद बाजुरालीले गरेका छन् । मौसम हिमाली निर्देशीत उक्त म्यूजिक भिडियोमा सञ्चारकर्मी अनुसा पौडेलको साथमा गायिका मन्जु पौडेलको अभिनय रहेको छ । गीतलाई वि.एम.एस. फिल्मस् प्रालिले बजारमा ल्याएको हो ।

तिज गीतमा मौलिक सृजना पातलिदै गएको वर्तमान अवस्थामा वास्तवितक तिज गीत हेर्न सुन्न चाहनेहरुको लागि मन्जुको ‘माइतीको आँगन’लाई रोज्न सकिन्छ ।
हेरौं भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु