• राजमान र मेलिनाको स्वरमा ‘बागमतीको पूल’

    म्यूजिक खवर
    प्रकाशित: ७ पुष २०७७, मंगलवार

    काठमाडौं । गायक राजमान तामाङले ‘बागमतीको पूल’ बोलको गीत सार्वजनिक गरेका छन् । उनलाई सुमधुर स्वरकी धनी गायिका मेलिना राइले स्वरमा साथ दिएकी छिन् ।

    दिपक शर्माको शब्द र संगीत रहेको यस गीतलाई मोहित मुनालले एरेन्ज गरेका हुन् भने श्यामश्वेत रसाइलीको मिक्सिङ र मास्टरिङ रहेको छ ।
    गीतको भिडियोमा आँचल शर्मा र नाजिर हुुसेनले अभिनय गरेका छन् ।

    सान थापाको निर्देशन रहेको यस भिडियोलाई राजिब समरले नृत्य निर्देशन गरेका हुन् । अर्जुन तिवारीको छायांकन रहेको भिडियोका निर्माता सान्तकुमार थापा हुन् ।

    प्रवासी भूमि डेनमार्कलाई कर्मथलो बनाउँदै आएका युरोपको नेपाली समुदाय माँझ निकै लोकप्रिय छन् सबै विधाका गीतहरुलाई न्याय पुर्बक गाउँने क्षमताका उनी यतिबेला यो गीतबाट निकै उत्साहित छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु