• चर्चित गायक रामजी खाँण र चर्चित गायिका मेलिना राई कोे ढल्के बरको गीत सार्वजजिक (भिडियो)

    म्यूजिक खबर
    प्रकाशित: १३ फाल्गुन २०७५, सोमबार

     

    काठमाडौँ । नेपाली लोक दोहोरि क्षेत्रमा एक क्षेत्र राज गर्दै आएका रामजी खाँणलाई चिनाई रहनु पर्ने नाम भने होइन । बहुमुखी प्रतिभा भएका खाँणले अहिले भने ‘ढल्के बरको।।’ नामक गीत आफ्नै युटुब च्यानल बाट सार्बजनिक गरेका छन् ।
    चर्चित गायिका मेलिना राईको आवाजमा उत्कृष्ट लोकदोहोरी गीत ‘ढल्के बरको’ बजारमा आएको हो। लामो समयको अन्तरालमा रामजी खाँणले एउटा भिन्न टाईपको गीत बजारमा ल्याएका हुन्। मेलिना राई संग पहिलो पटक उक्त गीतमा आवाज दिने अवसर रामजी खाँणले प्राप्त गरेका छन।
    रामजी खाँणकै लय र घनश्याम रिजालको शब्दमा रहेको गीतमा रामजी खाँण र अन्जली अधिकारीको अभिनय देख्न सकिन्छ। मौसम हिमालीको निर्देशनमा तयार भिडियोको सम्पादन प्रविन भट्टले गरेका हुन् भने छायांकन करण चैसिरले गरेका हुन्।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु