• बहुआयामिक व्यक्तित्व मिलन थापा

    म्यूजिक खबर
    प्रकाशित: १३ असार २०७८, आईतवार

    सुमन पण्डित

    मिलन थापा कला क्षेत्रमा क्रियाशील व्यक्तित्व हुन् । क्यामेरासँग आफूलाई फरक तरिकाले खेलाउन सक्ने क्षमता भएका उनी फोटोग्राफी र भिडियोग्राफीमा रमाउने गर्छन् । फोटोग्राफीमा लोकसनअनुसार फरक तरिकाले उत्कृष्टता हासिल गर्नु उनको लक्ष्य हो । त्यस्तै भिडियोग्राफी पनि उनी छायाँकनसँगै निर्देशन र सम्पादनलाई आत्मसात गर्दै आएका छन् । आफैं छायाँकन, निर्देशन र सम्पादन गरी भिडियोलाई फरक तरिकाले प्रस्तुत गर्न उनी माहिर छन् ।
    बाहकोट–५ स्याङ्जामा जन्मिएका उनी यतिखेर भने कर्मकै सिलसिलामा अमेरिकास्थित बोस्टनमा क्रियाशील रहेका छन् । टिकाबहादुर थापा जौमाया थापाको सुपुत्रका रुपमा जन्मिएका उनी कलाकारितामा लामो समयदेखि क्रियाशील छन् । अमेरिकामा पनि उनको कर्म फोटोग्राफी र भिडियोग्राफीमै व्यस्त छ । नेपालमा प्लस टुसम्मको अध्ययन सकेपछि अमेरिकातर्फ लागेका उनी
    सगरमाथा म्यूजिक अवार्ड २०७५ मा उत्कृष्ट छायाँकार पपगीत मरि जाऊँ–२ बाट अवार्ड चुम्न सफल भएका थिए । त्यस्तै न्याचुरल्ली नेपाल सर्ट फिल्म कम्पिटिशन २०१८ मा प्रथम पुरस्कार चुम्न सफल भएका थिए ।

    क्रियटिभ डाइरेक्टर, छायाँकार र सम्पादक रहेर विगतदेखि वर्तमानसम्म उनी कर्म गरिरहेका छन् । ट्वीनी टु प्रोडक्सनको फाउन्डर समेत रहेका उनी २०१० देखि २०१२ सम्म क्रियटिभ डाइरेक्टर, छायाँकार, फोटोग्राफर र सम्पादकको भूमिकामा कार्यभार सम्हालेका थिए । त्यस्तै अल्छीलाग्यो इन्टरटेनमेन्ट वेभपोर्टलको को–फाउन्डर रहेर फोटोग्राफर, छायाँकार र सम्पादनको जिम्मेवारी करिब ३ वर्ष सम्हालेका थिए । ओजोन प्रिमियम क्लबको अफिसियल फोटोग्राफर रहेका उनी नेप्टिभ्स प्रालिको संस्थापक हुन् । २०१४ मा स्थापना भएको यो संस्थाको प्रमुख कार्यकारी निर्देशकसमेत हुन् । क्रियटिभ डाइरेक्टर, फोटोग्राफर, सिनेमाटोग्राफर र सम्पादनको जिम्मेवारी पनि उनले नै सम्हाल्दै आएका छन् ।
    २०१८ देखि पार्टी नेपाल म्यागजिनको अफिसियल फोटोग्राफर रहेका मिलन थापाले हालसम्मद र्जनौं भिडियोहरुको निर्देशन, छायाँकन र सम्पादनसमेत गरेका छन् ।

    मिलन थापाको निर्देशन, छायाँकन र सम्पादनमा निर्माण भएका म्यूजिक भिडियोहरु दर्जनौं भइसकेका छन् । जीवन, कसरी, सम्हाल्दा सम्हाल्दै, कठैबरी, झुटो माया, मेरो सोल्टा, केस नं. ४२०, सबै हो लाहुरे, बनावटी, तिम्रो याद, भनाइ, तारा हेर मलाई, मरि जाऊँ–२, ट्रयू अमेजिङ, थाकि सकें, प्रिति लगायतका रहेका छन् ।
    त्यसै उनले कलाद्वारा निर्माण गरिएका डकुमेन्ट्री भिडियोहरुमा मेरो सपना, पोखरा एज्ड सेल्टर होम रहेका छन् । यसमा पनि उनकै निर्देशन, छायाँकन र सम्पादन रहेको छ । उनको छायाँकनमा मात्र बनेका सम्मी एडभेन्चर सिजन–१ को ‘द पोखरा काउन्टडाउन’ र सिजन–२ को ‘मार्दी माडनेश’ हुन् ।
    यति धेरै काम गरिसके पनि उनलाई केही भिडियोका कामले भने सधैं यादगार बनाउँछ । हुन त सबै काम आफ्ना लागि बरारबर छन् । सबैमा उत्तिकै मेहनत र परिश्रम गरेका छन् मिलनले । तर पनि उनको केही भिडियोका कामहरु विशेष लाग्छन् । ताण्डव नेपाली चलचित्रको अफिसियल गीतमा लाहुरेको युद्ध गीतमा छायाँकन गर्दा क्षण यादगार बनेको छ । ट्राभर्स नेपालको ‘द होम कमिङ’, इस्ट टु वेस्टका ट्राभल डकुमेन्ट्रीका सिरिजहरु अविश्मरणीय बनेका छन् । तीमध्येका द बिगिनिङ, अ टेस्ट अफ जनकपुर, द च्यालेन्ज, हाइवे टु बसन्तपुर, वसन्तपुर तीन जुरे, श्री अन्तु, गुड बाइ इस्ट, दमक टु हेटौंडा, मकवानपुर गढी, द चितवन सफारी, तानसेन पाल्पा, एक्सप्रियन्सिङ तराई, ब्यूटीफूल बर्दिया, जर्नी टु खप्तड, इन्डिया नेपाल बोर्डर प्रोबल्मस लगायतका डकुमेन्ट्रीका समय र अनुभवले उनलाई वास्तविक नेपालीहरुको यथार्थ जीवनको अनुभूति गराउँछ ।


    कामको सिलसिलामा उनले धेरै अवार्ड चुमे । विभिन्न रियालिटी शोहरुमा निर्णायकको भूमिका गरिरहेका छन् । द शो २०१४ मा अडिसन जज, मिस्टर एण्ड मिस ग्लोबल ह्यूमनिटी नेपाल २०१६, फेसन फोटोग्राफी कन्टेस्ट २०१९, नेपाल थ्रो माइ लेन्स फोटोग्राफी कन्टेस्ट २०२० मा उनले निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।
    आफूले प्राप्त गरेका ज्ञान र विश्वासको मूल्यले नै आफूलाई कला क्षेत्रमा स्थापित गर्न सफल भएको बताउँछन् । निरन्तरता, कर्मशीलता र लगनशीलता नै सबैभन्दा सर्वोच्च विन्दु भएको मिलन विश्वास गर्छन् । यस क्षेत्रमा जीवन समर्पण गरेर लागेको हुँदा कामभित्र नै नाम र दाम पनि भएको हुँदा सन्तुष्टि प्राप्त गरेको बताउँछन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु