
काठमाडौं । प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्टको संयुक्त आयोजनामा भएको मिस लिटिल आइडल (२०१९ को उपाधि क्रिजेन्सा सिलवालले जितेकी छन् । सुर्योदय बोडिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत उनले आफ्ना ८० प्रतिष्पर्धीलाई उछिन्दै एकवर्षको छात्रवृत्ति र ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेकी हुन् । प्रतियोगितामा बुढानिलकण्डस्थित हिमालय बोर्डिङ स्कुलमा कक्षा ७ मा अध्ययरत रचना राई फस्ट रनरअप र पुरानो वानेश्वरस्थित क्याम्ब्रिज पब्लिक स्कुलमा कक्षा ८ मा अध्ययनरत कुन्जा कुँवर सेकेन्ड रनरप हुन सफल भएकी छन् । रचना र कुञ्जाले एक–एक वर्षको छात्रवृत्तिसहित क्रमश २० र १० हजार रुपैयाँ पुरस्कार हात पारेकी छिन् । विद्यार्थीका लागि आवश्यक विषयबारे ज्ञान दिने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा मोर्डन इन्डियन स्कुल चोभारकी रायना लामा र क्लिन्टन स्कुल चावहिलकी स्मृती कटवालले संयुक्त रुपमा मिस ट्यालेन्ट, इडेन ब्रिज स्कुल धापासीकी नेहारिका राई मिस फ्रेण्डसिप, क्लिन्टन स्किलकी आशानी पुलामी मिस डिस्सिप्लिन, इडेन ब्रिज स्कुलकी करुना राई मिस कन्फिडेन्स, नेसनल युनाइटेड स्कुल बुढानिलकण्डकी रितिस्मा पाण्डे बेस्ट ह्यान्ड राइटर घोसित भए । प्याब्सन काठमाडौंका अध्यक्ष हरीकृष्ण श्रेष्ठ, कार्यक्रम संयोजक तथा प्याब्सन काठमाडौंकी उपाध्यक्ष रिता राई दाहालले लिटिल आइडलका बारेमा प्रकाश पार्दै प्रतियोगिता प्रतिभावान छात्राहरुका लागि राम्रो प्लेटफर्म भएको उनले बताए ।