मिस भ्यालीको अडिसन सुरु

म्यूजिक खबर
प्रकाशित: २७ श्रावण २०७६, सोमबार

मिस भ्याली आइकन २०१९को राजधानीमा अडिनस सुरु भएको छ । विभिन्न प्रतियोगिता आयोजना गर्दै आएको क्वेष्ट इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुन लागेको यो प्रतियोगिताको पहिलो अडिसन आइतबार राजधानीको बानेश्वरमा सम्पन्न भएको हो । पहिलो प्रतियोगिता सफलता पूर्वक सम्पन्न गरेको भ्याली आइकनले दोस्रो संस्करण गर्न लागेको हो । १६ देखि २८ उमेर समुहका एसईई उतिर्णले भाग लिन सक्ने यो प्रतियोगितामा सामेल हुन का लागि क्वेष्ट म्यानेजमेन्टको कार्यलय नयाँ बानेश्वर अर्थात सम्पर्क नं, ०१(४१०४१७३ मा सम्पर्क गर्न सकिने छ । अडिसनबाट छनोट भएका प्रतियोगीलाई विभिन्न विषयका विज्ञहरुबाट एक महिनाको तालिम प्रदान गरिने इभेन्ट म्यानेजर विकास श्रेष्ठले जानकारी दिए ।

तालिम अवधिमा कोरियोग्राफि, ग्रुमिङ, टेवल म्यानर, सेलिब्रेटी अन्तरकृया, पब्लिक स्पिकिङ, हेयर एण्ड मेकअप क्लास, शारीरिक हाउभाउ, विकास सम्बन्धि विभिन्न विज्ञहरुबाट कक्षा लिईने उनले जानकारी दिए । प्रतियोगिताको कोरियोग्राफरमा मिस पूर्वाञ्चल २०१५की प्रियन्का श्रेष्ठ, कोर्डिनेटरमा मिस भ्याली आइकन २०१७की विजेता सिवानी भट्टराई, मिस भ्याली आइकन २०१७की फष्ट रनरअप चण्डीका खडका, सेकेण्डरनरअप स्वेता श्रेष्ठ, फेशन डिजाइनर जेनु श्रेष्ठलगायतका रहेका छन् । र प्रतियोगिताका विजेताले इ स्कुटर, क्राउन, ट्रफी, म्युजिक भिडियो अभिनयको अफर र एक रात दुई दिन होलिडेज टुर वलथली भिलेज रिसोर्टमा वस्नको सुविधालगायत विभिन्न गिफ्ट ह्याप्पर प्रदान गरिने आयोजकले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु