काठमाडौं । गीतकार मोहित मर्दन थापाले आफ्नी जेठी छोरीको वैवाहिक कार्यक्रमको अवसर पारेर आफ्ना गीतहरुको एल्बम ‘मोहित’ सार्वजनिक गरेका छन् । गीतकार मोहित मर्दनकी जेठी सुपुत्री आकांक्षा थापा तथा ज्वाईं दिशान्त बिष्टको वैवाहिक समारोहमा आयोजना गरिएको प्रीति भोजको अवसरमा गीतकार थापाले आफ्नो पहिलो गीति एल्बम “मोहित”लाई सार्वजनिक गरेका थिए ।
गीतकार सङ्घ नेपालका अध्यक्ष बसन्त वित्यासी थापा, उपाध्यक्ष रमेश कोइराला , सम्मानित गीतकार बिश्व बल्लभ, राजेन्द्र थापा, बरिस्ठ सङ्गीतकार राजु सिंह, मनोहर सुनाम, बरिस्ठ लोक गायिका तीर्थ कुमारी थापा, बरिस्ठ चलचित्रकर्मी तथा गीतकार प्रकाश सायमी लगायत बिशिस्ट ब्याक्तित्वहरुले उक्त एल्बम विमोचन गरेका थिए । कार्यक्रमको सहजीकरण गीतकार सुमन बैरागीले गरेका थिए ।
‘मोहित’ एल्बममा धुवाँ जस्तै उड्छ, मोजै गरौंला, झरनाको चिसो पानी , बिहानीको नौलो , गोधुँली साँझमा, बिहानी पख र हावा चल्यो गीतहरु छन् । जसमा मनोहर सुनाम, मदन सिंह नेपाली, कल्याण सिंह र सुनिल सिंह नेपालीले सङ्गीत दिएका छन् भने जगत मर्दन थापा, दिपेश किशोर भट्टराई, सन्जिब सिंह, बिश्व नेपाली, सुवानी मोक्तान, प्रताप दास र आयुष्मान बिष्टले स्वर दिएका छन् ।
एल्बमका केहि गीतहरुको भिडियो निर्माण भइसकेका छन् भने केहि गीत भिडियो हुने क्रममा छ । गीतहरु बेष्ट टोन म्युजिक युटुब च्यानल मार्फत सुन्न र भिडियो हेर्न सकिन्छ । भकारी म्युजिक डेभलपमेन्ट कम्पनीले ‘मोहित’ एल्बमकोे उत्पादन तथा बजार व्यवस्थापन गरेको हो ।