चलचित्र ‘तिम्रो हुने कहिले ?’ को गीतमा अनिलको शब्द

म्यूजिक खबर
प्रकाशित: २ मंसिर २०७८, बिहीबार

काठमाडौंँ । चलचित्र ‘तिम्रो हुने कहिले ?’ को ‘दैब लायो मायामा’ बोलको गीत गीत सार्वजनिक भएको छ । अनिल खनालको शब्द रहेको गीतमा गायक रामभक्त जोजिजुको स्वर रहेको छ । गीतको सङ्गीत र सङ्गीत संयोजन भने बबुल गिरीको रहेको छ ।

कलाकार प्रकाश चन्द, मौसमी ओली, कारण पाण्डे, सविन बाँस्तोला, शारदा गिरी, मिना जिसी, सुधन धिताल, मुस्कान रेग्मी, मोहन घिमिरे, सुपा खनाल, ललित सिंह साउद, शेखर खनाल, सश अधिकारी, रचना पौडेल, काजल गिरी, कंगना बस्नेत, सरोज मानन्धर लगायतको अभिनय चलचित्रमा रहेको छ ।

गीतमा सुनिता बस्नेतको कोरियोग्राफी, रामकृष्ण चौलागाईंको छायाँकन, ललितसिंह साउदको सम्पादन रहेको छ । राजु गिरीको निर्देशन रहेको फिल्मको निर्माता श्याम खत्री हुन् । बैशाख १० गतेबाट फिल्म देशभर प्रदर्शनमा आउने निर्माण युनिटले कार्यक्रममा जानकारी गराएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु