काठमाडौ । नेपाली लोक गीतको संगीतको बजारमा मौलिक भाकामा आधारित गीत संगीतहरु बजारमा कम मात्रामा आइरहेको अवस्थामा डि भि क्रियसन प्रालीको प्रस्तुतीमा गायक अमिर प्रजा तथा गायिका मुना थापा मगरको आवाजमा रहेको ‘बैंसको रन्को’ गीतको भिडियोमा बजारमा सार्वजनिक भए सगैँ सर्वाधिक चर्चाको शिखरमा रहेको छ ।
मायाल्ुको मायामा फसेका गायकले आफनी प्रेमीकाको मायाबाट निकै प्रभावित भएको कुरालाई गीतमा समेटेका छन । देव बोहोराको शब्द तथा अमिर प्रजाको लय सिर्जना गीतमा रहेको छ ।
गीतमा बैंस चढ्दै गएका मायालु जोडीहरुको भावनालाई समेटिएको छ । गीतमा आफ्नो मायालुले मायाको कुरा नबुझेको कुरालाई उतारिएको छ । गीतमा धिरज पाल्पालीको एरेन्ज रहेको छ ।
दिपक गिरीको छायाँकन , निशान एस केको सम्पादन तथा निर्देशन छ । ‘बैंसको रन्को’ गीतको भिडियोमा पुर्णिमा श्रेष्ठ र प्रज्वल प्रजाको अभिनय रहेको छ ।
‘बैंसको रन्को’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।