बहराइनमा “नेपाली सांगीतिक साँझ-२०१९” हुने

म्यूजिक खबर
प्रकाशित: २५ बैशाख २०७६, बुधबार

कृष्ण हमाल, बहराइन । इस्लाम धर्मावलम्बीहरुको महान पर्व इद अल फितरको पावन अबसरमा, यही आउँदो इदको पहिलो दिन, नेपाली क्लब बहराइनको आयोजनामा संस्थाका प्रमुख सल्लाहकार दुर्गा गिरीको संयोजकत्वमा “नेपाली सांगीतिक साँझ-२०१९” कार्यक्रम हुने भएको छ ।
बहराइनको डेल्मोन ईन्टरनेशनल होटल मनामा स्थित हुने उक्त “नेपाली सांगीतिक साँझ-२०१९” मा, नेपाल देखी राष्ट्रिय स्तरका कलाकारहरु बहुचर्चित पार्स्व गायिका अन्जु पन्त, मोडेल तथा नृत्यङ्गना अन्जली अधिकारी र मौलिक लोक, दोहरी गायक प्रसाद खप्तरि मगरको बिभिन्न प्रस्तुतीहरु रहने छन् ! यसर्थ, बहराइनमा स्थापित तथा कृयासिल संघ संस्था संगठन, बुद्धिजिवी -समाजसेवी, ब्यापार ब्यबसायी, पत्रकार बन्धुहरु लगायत सम्पुर्ण बहराइनमा रहनुभएका नेपाली दाजुभाई दिदिबहिनीहरु कार्यक्रममा प्रत्यक्ष सहभागी भई एवं कार्यक्रम सफल पार्न आर्थिक भौतिक रुपमा सहयोग गरी यस कार्यक्रम लाई भब्य र सभ्यरुपमा सफल पारिदिन हुन हार्दिक अनुरोध गर्दछौं !

कार्यक्रम-
मिति: इदको पहिलो दिन – Jun -2019
स्थान: डेल्मोन इन्टरनेसनल होटेल मनामा
समय: साँझ ७ बजे देखी

कलाकारहरु:
१ बहुचर्चित पार्स्व गायिका अन्जु पन्त
२. मोडेल् तथा डान्सर अन्जली अधिकारी
३. मौलिक लोक दोहोरी तथा सालैजो गायक प्रसाद खप्तरी मगर

“नेपाली सांगीतिक साँझ-२०१९” लाई भब्य , सभ्य र अनुशासित रूपमा सफल बनाइदिनुहुनको लागि नेपाली क्लब बहराईनका अध्यक्ष कमल श्रेष्ठले अनुरोध सहित जानकारी दिएका छन् । कार्यक्रमको लागि आबश्यक प्राबिधिक प्रकृया अघी बढेको जानकारी कार्यक्रम संयोजक तथा समाजसेवी दुर्गा गिरीले हामीलाई जानकारी दिएको छन् !

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु