• प्रथम अभिनेत्री देखि अहिले चल्तीमा रहेका नौ अभिनेत्रीलाई नवदुर्गा सम्मान गरिदै

    म्यूजिक खवर
    प्रकाशित: १० आश्विन २०७६, शुक्रबार

    कामठमाडौं । नेपाली चलचित्रको प्रथम अभिनेत्री देखि अहिले चल्तीमा रहेका अभिनेत्री समेटेर राष्ट्रिय नवदुर्गा सम्मान गरिने भएको छ । राष्ट्रिय नवदुर्गा सम्मान तथा साँस्कृतिक कार्यक्रम सहित गरि यो सम्मान विभिन्न नौ अभिनेत्रीलाई सम्मान गरिदै छ । सम्मानित हुने अभिनेत्रीहरुमा नेपालकै पहिलो चलचित्र अभिनेत्रीहरु भुवन चन्द तथा बसुन्धरा भूषाल, गौरी मल्ल, करिष्मा‘आमा’का मानन्धर, दीपाश्री निरौला, रेखा थापा, सञ्चीता लुइटेल नम्रता श्रेष्ठ,एवं स्वस्तीमा खड्का रहेका छन् । विशिष्ट अभिनेत्री सहित नव अभिनेत्री सम्म राष्ट्रिय नवदुर्गा सम्मानबाट सम्मानित गरिनुमा विशिष्टलाई कदर गरिएको र नयाँहरुलाई भने एकै मञ्चमा प्रोत्साहन गरिएको आयोजकहरु मध्ये एक शहिद फिल्मकी विमना केसीले बताइन् । राष्ट्रिय नवदुर्गा सम्मान सहित वृहत साँस्कृतिक कार्यक्रम समेत राखिएको यो सम्मान कार्यक्रममा साँस्कृतिक प्रस्तुति दिनका लागि अञ्जली अधिकारी, एलिशा राई, निराजन प्रधान, गम्भिर विष्ट, यसराज गराज, गजित विष्ट, नरेशविर सिंह, प्रवित्रा आचार्य लगायतका कलाकार रहेको आयोजक संस्था रेजीना फिल्मस् की रेजीना उप्रेतीले बताइन् । सम्मानका अलावा मनोटोनस् नहोस भन्नका खातिर साँस्कृतिक प्रस्तुति समेटीएको उप्रेतीले बताइन् । कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपाल सरकारका उप–प्रधान तथा रक्षा मन्त्री इश्वर पोख्रेल रहेका छन् । राष्ट्रिय नाचघरमा आयोजना हुने यस कार्यक्रमको सञ्चालन भने दीपज्योती थापाले गर्नेछिन् । कार्यक्रम राष्ट्रिय नाचघरमा यहि १३ गते दिउसो २ः३० देखी शुरु हुने बताइएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु