• ‘नौं डाँडा काटेपछि’ मा नरहरी र सुमिनाको स्वर

    म्यूजिक खबर
    प्रकाशित: १७ भाद्र २०७७, बुधबार

    काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा २ दशक भन्दा बढी समयदेखी सक्रिय गायक तथा संगीतकार नरहरी प्रेमी र गायिका सुमिना लोको स्वरमा ‘नौं डाँडा काटेपछि’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
    गोविन्द गिरी ‘प्रेरणा’को शब्दमा बनेको गीतमा नरहरीले आफै संगीत भरेका छन् । म्युजिक भिडियोमा मोडलिङ्ग क्षेत्रमा उदाइरहेका सुशील कुँवर र सुस्मिता कुँवरले अभिनय गरेका छन् ।

    गीतमा मायालुलाई छोडेर प्रदेशिनुको कथा व्यथालाई समेटिएको छ । राग भिजन मल्टी मुभिजको व्यानरमा बनेको म्युजिक भिडियोलाई जिबी आग्रीले निर्देशन गरेका छन् ।

    दयाशंकर चौधरीले छायांकन गरेको भिडियोको सम्पादन मीन रावलले गरेका छन् । म्युजिक भिडियोमा कोरियोग्राफी कालभैरवले गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु