• गीतकार नारायण खतिवडाको शब्द सिर्जनामा रहेको गीत ‘स्वार्थी संसार’ सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: २९ बैशाख २०८२, सोमबार

    काठमाडौं । गीतकार नारायण खतिवडाको शब्द सिर्जनामा रहेको गीत ‘स्वार्थी संसार’ सार्वजनिक भएको छ । डिजिटल प्लेटफर्ममा सार्वजनिक गरिएको ‘स्वार्थी संसार’ गीतमा लक्ष्मण शेषको संगीत सिर्जना एवं स्वरुपराज आचार्यको स्वर रहेको छ । लामो समयपछिको अन्तरालमा वरिष्ठ संगीतकार लक्ष्मण शेषको कमब्याक भएको छ । उक्त ‘स्वार्थी संसार’ गीतलाई नमस्ते नेपाल डिजिटल स्टूडियोबाट यू ट्युवमा र विभिन्न अन्तर्राष्ट्रिय अडियो तथा भिडियो प्लेटफर्म मार्फत अपलोड गरिएको छ ।
    वास्तविक घटनामा आधारित एवम बहुसंख्यक मानिसहरूले समयक्रममा कुनै न कुनै अनुभव र घटना ब्यहोरेको भाव र सन्देश यस गीतमा रहेको छ । आजभोली मानिसहरू आफ्नो स्वार्थको लागि जे पनि गर्न तयार हुने, लाभ र फाईदा लिने तर आफ्नो लुकेको स्वार्थ पूरा भएपछी कुल्चेर हिड्ने प्रवृत्तिलाई गीतमा प्रस्तुत गरिएको छ ।

    गीतकार नारायण खतिवडाको यसभन्दा पहिला पनि दर्जनौं गीतहरु बजारमा आएका छन् । सम्झनाका पाइलाहरू नामक गीति संग्रहमा एकसय नौ वटा गीतहरू समाबेश छन भने स्ववदेश छोडी, मनका कुरा, विन्दास, देखुँदेखुँ, सन्देश पु¥याइदेउ, मेरो कथा, चोखो चोखो, लगायतका दर्जनौं गीत बजारमा रहेका छन् । गीत, कविता, मुक्तक र समसामयिक लेख रचना विधामा कलम चलाउँदै आएका गीतकार नारायण खतिवडा सरकारी सेवामा हुनुहुन्छ । सामाजिक परिवेश, वर्तमान परिस्थिति, समसामयिक घट्ना, प्रेम, बियोग तथा राष्ट्र र राष्ट्रियता पक्षलाई कलात्मक, रचात्मक तथा सन्देशमूलक भावसहित साहित्यमा उतार्न श्रष्टा गीतकार खतिवडाको पछिल्लो सिर्जना ‘स्वार्थी संसार’ पनि एउटा उदाहरणीय गीत बनेको छ । खतिवडाको शब्द रचना, लक्ष्मण शेषको मौलिक संगीत सिर्जना र स्वरका धनी गायक स्वरूपराज आचार्यको गायनको त्रीपक्षीय संयोग मान्नु सकिन्छ ‘स्वार्थी संसार’ गीतलाई । संगीतको दुनियामा यस गीतले छुट्टै छाप सिर्जना गर्न सकोस हाम्रो पनि शुभकामना छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु