रायमाझीको लाइछेउ बेसन, किन प¥यो ट्रेन्डिङमा ? भिडियो हेर्नुहोस्

म्यूजिक खबर
प्रकाशित: ६ आश्विन २०७५, शनिबार

७ असोज, काठमाडौं । करिब १४ वर्षअघि रिमा रेकर्डिङले बजारमा ल्याएको गीत थियो लाइछेउ बेसन । भर्खर भर्खर परिवर्तन हुँदै गरेका युवा युवतीलाई लक्षित गरेर बनाइएको गीत थियो । त्यही गीतअनुसारको जमाना अहिले गीतसँग मेल खाँदै गरेको अवस्थामा गायक नारायण रायमाझीले पुन रिमेक गरेर नयाँ भर्सनमा बजारमा ल्याएका छन् ।

 

समाजमा भए गरेका विकृतिलाई लक्षित गर्दै आएको यो गीत यतिखेर सबैले मन पराएकै कारण ट्रेन्डिङमा समेत पर्न सफल भएको छ । यतिखेर ३ नम्बरमा ट्रेन्डिङमा रहेको यो गीतलाई नयाँ एरेन्जमेन्टमा तयार पारिएको छ । पहिला सिन्धु मल्लसँग गाएका गायक रायमाझीले रिमेक भर्सनमा भने मेलिना राईले गाएकी छन् । पहिला वरिष्ठ कलाकार प्रेमदेव गिरी र पप्पु पुनको अभिनय रहेको यस गीतमा अहिले भने नयाँ अनुहारको जमात नयाँ रुपमा प्रस्तुत भएका छन् ।

नारायण रायमाझीको लय, रमेश बिजीको शब्द रहेको यस गीतमा लय पुरानै छ तर पुनः ताजकी दिने हिसाबले नयाँ एरेन्जमेन्टमा बीबी अनुरागीले समेत स्वर दिएका छन् । भिडियोमा निर्देशन तथा कोरियोग्राफी विवेक खड्का र विन्दु खड्काले गरेका छन् । शेरबहादुर गुरुङ, मनोज खड्का, मिराज अर्याल, सुमित्रा तामाङ, पूजा महर्जन, मिरा खड्का, विकास गुरुङ, रोजिना गुरुङ, सुनिल घतानी लगायतका कलाकारहरुको जमघट रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु