नारायणको ‘कुनै दिन त भेट होला’ सार्वजनिक (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: १ आश्विन २०७६, बुधबार

काठमाडौं । पछिल्लो समयका जोसिला गायक नारायण थापाको स्वरमा नयाँ गीत ‘कुनै दिन त भेट होला’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सोही गीतमा मिलन पछिको बिछोडमा पनि आफ्नी मायालुलाई पुन भेट्ने आशा बोकेको भावमा समेटिएको छ । आधुनिक युवा युवतीमा पहिले माया अनि पछि धोका दिने वास्तविक कथालाई मर्मस्पसी शब्द रहेको छ । उक्त गीतमा गीतकार डा, कृष्णहरि बरालको शब्द रहेको छ भने गैरे सुरेसले शब्दको भाव अनुसारकै कर्णप्रिय संगीत गरेका छन् । नारायण थापाको सुनौं लाग्ने स्वर सजिएको उक्त गीतको संगीत संयोजन महाराज थापाको रहेको छ ।

उक्त गीतको भिडियोलाई बुद्ध थापाले छायाँकन गरेका छन् भने प्रकाश धितालले निर्देशन गरेका हुन । सोही गीतका भिडियोमा कमल सिंह, सुस्मिता अधिकारी र जीवन आचार्यले अभिनय रहेको छ । उक्त गीतको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु