‘मनैदेखि माया गर्ने मनुवाको’को ‘दिलमा आगो’ (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ५ भाद्र २०७६, बिहीबार

काठमाडौं । नेपाली सांगितीक क्षेत्रमा ‘गीतसंगीतलाई मनैदेखि मायागर्ने एउटा मनुवा’ को नामले चिरपरिचित गायक नारायण थापाको निकै मर्मस्पर्शी गीत ‘दिलमा आगो’ सार्वजनिक भएको छ ।

दिलमा आगो गीतले युट्युबमा छोटो अवधिमा नै निकै लोकप्रियता हासिल गर्न सफल भएको गायक थापा बताउँछन् ।
निकै नै मार्मिक शब्द बीबी थापाले लेखेका छन् भने संगीत र स्वर नारायण थापाको रहेको छ । सार्वजनिक गीतको भिडियोमा त्रिकोणात्मक प्रेम दर्शाईएको छ । भिडियोमा लोक मिश्र, सुस्मिता अधिकारी र अनुज शर्माको अभिनय रहेको छ । भिडियोको निर्देशन सुवास प्रधानले गरेका हुन् भने छाँयाकन प्रेम लामाको रहेको छ । यस भिडियोको सम्पादन भने टेकेन्द्र शाहले गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु