काठमाडौं । मोडल नारायणी खत्रीलाई आफ्नै जन्मभूमि प्यूठानमा सम्मान गरिएको छ । मोडल खत्रीलाई प्यूठानको माण्डवी गाउँपालिका– तिराममा गाउँपालिकाले सम्मान प्रदान गरेको हो । उनलाई फूलमाला र सम्मानपत्र प्रदान गरेर सम्मान गरिएको थियो । सम्मानपछि खुशीले गद्गद् हुँदै उनले आफ्नो फेसबुकवालमा स्टाटस लेखेकी छन् – ‘आज म जति खुसिको होला र प्युठानमा जन्म भयो अहिले बसाई दाङमा भएता पनि हिजो प्युठान माण्डवी– गाउँपालिका–१ तिराम –मा भएको सम्मान कार्यक्रममा सहभागी हुन पाउँदा धेरै नै हर्षित भएको थिएँ । आफुले गरेको कर्मले दिएको सबै भन्दा अमुल्य सम्पत्ति यहि हो मेरो लागी । मैले सोचेको पनि थिएन यति धेरै माया साथ सपोर्ट पाउछु भनेर । आज आफ्नै माण्डवी गाउँपालिकाबाट सम्मानित हुन पाउँदा धेरै खुसि छु । धेरै धेरै धन्यवाद मेरो माण्डवी गाउँपालिकाको परिवारलाई आउँदो दिनमा पनि हजुर हरुको आशिर्बाद माया साथ सपोर्ट पाउने छु । मैले गरेको कामलाई हजुरहरुले दिनु भएको मायाले थप हौसला मिलेको छ ।’’
मोडल नारायणी खत्री पछिल्लो समयकी चल्तीकी मोडल तथा डान्सर हुन् । व्यस्त मोडलका रुपमा परिचित खत्रीले केही समयअघि मात्र आफ्नै अफिसियल यूट्युब च्यानलबाट ‘‘करिमैले पो के गर्छ काइँला’’ बजारमा ल्याएकी छन् । रुकुम पश्चिमको रमणीय गाउँमा छायाँकन भएको उक्त म्यूजिक भिडियोमा मोडल नारायणी खत्रीले अभिनेता पल शाहसँग अभिनय गरेकी छन् । उनको आमाको सपनालाई पल शाहसँग भिडियोमा वास्तविक रुपमै कपाल खौरिएर अभिनय गरेकी थिइन् ।