• बाबाको योगदानलाई सम्झिँदै नरेश खाती र एलिना चौहान

    म्यूजिक खबर
    प्रकाशित: २९ श्रावण २०७७, बिहीबार

    काठमाडौं । गायक नरेश खाती आफूलाई फरक सिर्जनामा उतार्ने सर्जकका रुपमा परिचित छन् । पहिलेदेखि नै फरक पहिचान बोकेर आएका गायक नरेश खाती पछिल्लो समयमा चर्चाको शिखरमा छन् । उनको गायकी, सिर्जना क्षमताले पनि गायक खातीको शैलीलाई पनि फरक पहिचान बनाएको छ । उनका सिर्जनाले पछिल्लो समय चर्चा पनि बटुल्न सफल भएको छ र सफलताको कशीमा उनलाई पनि उभ्याएको छ ।

    पछिल्लो समय आएको ट्रेन्डसँगै ट्रेन्डिङमा पनि उभिन सफल भएका उनी ट्रेन्डिङ भनेको सफलताको कशी होइन भन्छन् । पहिलो त सिर्जनाले आफूलाई तान्न सक्नुपर्छ, सबैको मन जित्न सक्नुपर्छ त्यो नै सफलता हो, उनी भन्छन् ।

    छोरीको गीत बजारमा ल्याएपछि उनी झन् चर्चामा आए । त्यसपछि माया मारेर बोलको गीतले उनको छविलाई लकडाउनको समयमा पनि सबैको मनलाई जित्न सफल भयो । त्यसपछि आज मात्रै उनले नयाँ गीत सार्वजनिक गरेका छन् । धेरैले आमाको गीत बजारमा ल्याए । आमालाई मात्र सम्झिए तर बाबालाई त्योभित्र समावेश गर्ने कमै भेटिए । आमाले ९ महिना गर्भमा राखेर जन्म दिएर हुर्काइन् बढाइन्, दशधारा दूध खुवाइन् भन्ने गीत मात्र बजारमा आए तर बाबाले गरेको योगदान भुलेकाहरुलाई उनले गीतमार्फत् सम्झाएका छन् । गायक नरेश खातीको शब्द संगीत र स्वरसँगै एलिना चौहानले उनलाई साथ दिएकी छन् । उनको यो गीतलाई पनि मेक्सम नरेश अफिसियल यूट्यूब च्यानलबाट सार्वजनिक गरेका छन् । गीत अपलोड भएको छोटो समयमा नै धेरैले मन पराइदिएका छन् । गीतको सफलताको शुभकामना ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु