घिमिरेलाई ‘नातिकाजी स्मृति समाज’को अभिनन्दन

म्यूजिक खबर
प्रकाशित: २ पुष २०७५, सोमबार

काठमाडौं । नातिकाजीको ९३ औं जन्म जयन्तीको अबसर पारेर राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई ‘नातिकाजी स्मृति समाज’ले अभिनन्दन गरेको छ । शनिबार उनकै घरको प्राङ्गनमा ५० हजार रुपैयाँ नगद सहित दोसल्ला ओढाएर घिमिरेलाई सम्मान गरिएको हो ।

सोही कार्यक्रममा २०७४ सालको ‘नातिकाजी राष्ट्रिय विशिष्ट श्रष्टा सम्मानबाट अग्रज लोक गायक एलपी (लक्ष्मीप्रसाद) जोशीलाई सम्मानित गरियो । यस्तै नातिकाजी राष्ट्रिय विशेष सांगीतिक सम्मानबाट गायन तर्फ अग्रज गायक एबम् हास्य अभिनेता मदनकृष्ण श्रेष्ठलाई र अग्रज गायक रामप्रसाद (प्रसाद) श्रेष्ठलाई सम्मान गरियो । यही सम्मान गीतकार तर्फ बरिष्ट चिकित्सक गीतकारद्धय डा. भोला रिजाल र डा. अरुण सायमीले पाए ।

 

कार्यक्रममा नातिकाजी राष्ट्रिय विशेष सांगीतिक सम्मान–२०७४बाट संगीत तर्फ स्व। रमेश ताम्राकारलाई र पत्रकारिता तर्फ बरिष्ट पत्रकार एवम् कामना प्रकाशनका अध्यक्ष पुष्करलाल श्रेष्ठ सम्मानित भए ।

यस्तै ‘नातिकाजी राष्ट्रिय संगीत पुरस्कार–२०७४’ बाट गीतकार तर्फ अग्रज गीतकार सुवासचन्द्र ढुँगेललाई, गायत तथा संगीत तर्फ गायिका एवम् राष्ट्रिय सभाकी सांसद कोमल ओली र चर्चित गायक राजेशपायल राईलाई पुरस्कृत गरियो । उनीहरुलाई जनही २० हजार एक रुपैयाँ र ताम्रपत्रबाट सम्मानित गरिएको थियो ।

 

‘नातिकाजी राष्ट्रिय संगीत प्रतिभा पुरस्कार–२०७४’बाट संगीत तर्फ नेपाल संगीतकार संघका अध्यक्ष एवम् संगीतकार लक्ष्मण शेष ९बिडारी०, गायक तर्फको अवार्ड युवा गायक प्रमोद खरेल र गायिका तर्फको अवार्ड मीना निरौला पोखरेलले पाए । जनही ११ हजार १ सय ११ रुपैयाँ सहित ताम्रपत्र पुरस्कारमा रहेको छ ।

नातिकाजी स्मृति समाजलाई निरन्तर सहयोग पु¥याउनेहरु मध्यबाट यसपटक सुरुँगा झापाका शिक्षासेवी द्विराज शर्मा शिवाकोटीलाई सम्मानित गरियो । दिवंगत अग्रज संगीतकार नातिकाजीको ९२ औं जन्म जयन्तीको अबसर पारेर गतवर्ष घोषणा गरिएको यो सम्मान र पुरस्कार राष्ट्रकवि माधव प्रसाद घिमिरेले समारोहमा प्रदान गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु