
काठमाडौं । बरिष्ठ गीतकार युबराज अधिकारी ‘राष्ट्रिय स्रष्टा सम्मान’ बाट सम्मानित भएका छन् । राजधानीमा सम्पन्न ‘सातौं नेसनल क्यापिटल म्युजिक अवार्ड’ मा उनलाई सो सम्मान प्रदान गरिएको हो ।
सुचना प्रविधि तथा संचारमन्त्री पार्वत गुरुङ, विशिष्ट संगीतकार शम्भुजित बास्कोटा, अवार्डका अध्यक्ष माधव निर्दोष र संयोजक सविता पोखरेलले अधिकारीलाई सम्मान गरेका हुन् ।
दुई दशक देखि नेपाली सांगीतिक क्षेत्रमा गीति लेखन मार्फत पुर्याएको योगदानको कदर गर्दै अधिकारीलाई सम्मान गरिएको कार्यक्रममा बताइएको थियो ।
क्यापिटल इभेन्टको आयोजनामा र शुभकामना मिडिया सोलुसनको व्यवस्थापनमा भएको कार्यक्रममा गीतसंगीत क्षेत्रका कलाकर्मीले अवार्ड र सम्मान पाएका थिए ।
उक्त अवार्ड कार्यक्रममा गायक शिव परियार र गायिका अन्जु पन्त उत्कृष्ट गायिकाको अवार्ड चुमेका थिए ।
त्यसैगरी यस वर्षको लाइफटाइम अचिभमेन्ट अवार्डबाट प्रतिष्ठित गीतकार उन्नती शीला बोहोरालाई अर्पण गरिएको थियो।