• छैठौं राष्ट्रिय लोकदोहोरी अवार्डको आवेदन खुला

    म्यूजिक खबर
    प्रकाशित: १३ असार २०७५, बुधबार

    १३ असार, काठमाडौं । बिगतका बर्ष जस्तै यसबर्ष पनि दोहोरी क्षेत्रमा लागेका कलाकारहरुलाई लक्षित गर्दै लोकदोहोरी अवार्ड आगामी असोजमा हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिति, काठमाडौंको आयोजनामा एक कार्यक्रम गर्दै ‘छैठौं राष्ट्रिय लोक दोहोरी अवार्ड–२०७५’का लागि आवेदन खुल्ला गरिएको छ ।

    राजधानीका बिभिन्न ठाउँमा फारम उपलब्ध गराइने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिति, काठमाडौंका अध्यक्ष पिएन सापकोटाले जानकारी दिए । पछिल्लो समय विभिन्न अवार्डहरुको आयोजना हुँदै आए पनि लोक तथा दोहोरी गीतका स्रष्टा र सिर्जनामा मात्रै केन्द्रित रहेर गरिएको अवार्ड राष्ट्रिय लोकदोहोरी अवार्ड मात्रै भएको अध्यक्ष सापकोटाले बताए । उनले अवार्ड भब्य र सब्य तरिकाले सम्पन्न हुने जानकारी दिए । ‘हामीले गतबर्ष पनि निकै सभ्य र भब्य तरिकाले अवार्ड समारोह सम्पन्न गरेका थियौं अहिले पनि त्यसै हुनेछ’, सापकोटाले भने ।

     

    कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिका पूर्व अध्यक्ष शिव हमालले आफ्नो कार्यकालदेखि नै अवार्ड समारोहलाई सभ्य तरिकाले अगाडी बढाएको बताए । लोक तथा दोहोरी गीतको क्षेत्रमा लाग्ने नयाँ तथा चर्चित कलाकार सबैको उपस्थिति रहने उनले जानकारी दिए । ‘अन्य अवार्डमा ठुला अथवा चर्चित कलाकारहरु अवार्ड लिन जानुहुन्न भन्ने हल्ला सुनिन्छ तर यो अवार्डमा दोहोरी गीतक्षेत्रका जतिसुकै ठुला कलाकारहरु पनि आउनुहुनेछ’, हमालले भने ।

    यस अवार्डमा ५ वटा सम्मानका बिधा सहित २१ बिधालाई समावेश गरिने बताइएको छ । लोक तथा दोहोरीगीतको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धनको निम्ति अग्रजलाई सम्मान नयाँलाई प्रोत्साहन भन्ने नाराको साथमा बिगत २०६९ सालबाट आयोजना हुँदै आएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु