
काठमाण्डौ – कोरोनाको कहरका कारणले रोकिएको नेपालको पहिलो समावेशी म्यूजिक अवार्ड “नेशनल पावर न्युज म्युजिक अवार्ड २०२०” को संस्करण यहि पुष ११ गते शनिबार राजधानीमा सम्पन्न हुने भएको छ । गतवर्ष चैत्र महिनामा सम्पन्न हुनुपर्ने उक्त अवार्ड कार्यक्रम कोरोनाका कारणले रोकिएको थियो । झण्डै १ वर्षको प्रतिक्षा पछि सामाजिक दुरी कायम गर्दै अवार्ड कार्यक्रमलाई पौष ११ मा सम्पन्न गर्ने आयोजकले जानकारी दिएको छ ।नेपाली भाषाका अलवा नेपालमा वोलिने विभिन्न भाषा भाषिलाई समावेश गरेर आयोजना हुदै आएको नेशनल पावर न्युज म्युजिक अवार्डको यो तेस्रो संस्करण हो । कार्यक्रममा राष्ट्रियभाव, गजल, पप, आधुनिक, लोकदोहोरी लगायत विभिन्न भाषा–भाषी गरी जम्मा ५१ विधामा अवार्ड वितरण गरिने छ ।
निर्णाकको मत र भोटिङ पद्धतिवाट उत्कृष्ट गीत, श्रष्टा एवं सर्जकहरुलाई छनोट गरिने र उत्कृष्टमा परेका श्रृजना, सर्जक एवं श्रष्टाहरुलाई अवार्ड प्रदान गरिने कार्यक्रम संयोजक कमला जोशीले वताईन् । ग्लोवल अनलाईन पेको वेवसाईटमा गएर पौष १० गते सम्म आफुलाई मनपरेका कलाकार एवं श्रृजनालाई भोटगर्न पाउने आयोजकले वताएको छ ।त्यसै गरी अवार्ड कार्यक्रममा रातोपाटीकर्मी एवं रंगपत्रकार कुबेर गिरीलाई रंगपत्रकारिता पुरस्कार प्रदान गरिनुका साथै नवक्षितिज साप्ताहिक काभ्रेका पत्रकार नवराज बजगाईलाई यूवा पत्रकारिता सम्मान प्रदान गरिने कार्यक्रमका अध्यक्ष माधव राज खरेलले वताएका छन् ।