नेपाल-भारत साहित्य महोत्सव स्थगित

म्यूजिक खबर
प्रकाशित: १३ माघ २०७८, बिहीबार

काठमाडौंमाआगामी फेब्रुअरी २६-२८, २०२२ मा आयोजना गर्ने भनिएको त्रिदीवसीय नेपाल-भारत साहित्य महोत्सव ओमिक्रोन महामारीको कारण हाललाई स्थगित गरिएको छ । परिस्थिति सहज भएपछि महोत्सवको मिति तोकिने भएको छ ।

महोत्सवका संयोजक साहित्यकार राधेश्याम लेकाली र मेरठ लिटरेचर फेस्टिभल (क्रान्तिधरा मेरठ साहित्यिक महाकुम्भ) आयोजक समितिका अध्यक्ष डा. विजय पण्डितसहितको सयुक्त बैठकबाट सो निर्णय गरिएको हो ।

महोत्सव हाललाई स्थगित गरिए पनि महोत्सवको तयारी भने रोकिने छैन । महोत्सवमा लोकार्पण गरिने स्मारिकालगायतका कामहरु सुचारु रहने महोत्सवका सहसयोजक नरेन्द्रबहादुर श्रेष्ठले जानकारी दिनु भयो । यसैगरी कार्यपत्रहरुको तयारी गर्ने जानकारी सदस्य प्रमोद प्रधानले गराउनु भयो ।

महोत्सवको लागि समितिहरुको निर्माणको कामबारे सचिव मुरारी सिग्देलले र आर्थिक स्रोतको काम नियमित गरिनेबारे आर्थिक समितिकी मन्जिला अनिलले गराउनु भयो ।

नेपाल भारत बीचको सम्बन्धलाई भाषा साहित्यका माध्यमबाट अझ सुदृढ बनाउने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको हो ।

महोत्सवमा पुस्तक प्रदर्शनी, साहित्यिक परिचर्चा, पुस्तक विमोचन, वरिष्ठ लेखक एवम् संस्कृतिकर्मीसंग साक्षात्कार, लघुकथा वाचन, अनुवाद सत्र, साँस्कृतिक कार्यक्रम, कवि सम्मेलन, स्मारिका प्रकाशन, सम्मान समारोह लगायत हुनेछन् ।

सम्मेलनमा भारतबाट १५० जना साहित्यकारहरूको सहभागिता हुनेछ । साथै नेपालबाट सातै प्रदेशको प्रतिनिधित्व हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु