• नेपाली क्लब बहराइनको ११ औं महाअधिवेशन, सम्मान एवं अन्तरक्रिया कार्यक्रम भब्य रूपमा सम्पन्न

    म्यूजिक खबर
    प्रकाशित: २५ असार २०८०, सोमबार

    कृष्ण हमाल, बहराइन । बहराइनबासि नेपाली बहराइन सरकारदेखि मान्यता प्राप्त गौरवमय संस्था नेपाली क्लब बहराइनको ११ औं महाअधिवेशन सम्बन्धी छलफल, सल्लाह, सुझाबका लागी अन्तरक्रिया तथा गत इद अल फित्रको पावन अवसरमा २१ अप्रिल -२०२३ का दिन सम्पन्न ” नेपाली सांगीतिक साँझ -२०२३” कार्यक्रमलाई भब्य रुपमा सफल पार्न विभिन्न बिध र क्षेत्रबाट महत्वपूर्ण सहयोग पुर्याउनुहुने सहयोगीहरुलाई सम्मान कार्यक्रम नेपाली क्लब बहराइनको सभाहलमा संचालन नेपाली क्लब बहराइनका का बा महासचिव कृष्ण खाम्चा मगर , नेपाली क्लब बहराइनका अध्यक्ष कमल श्रेष्ठ को अध्यक्षता भएको थियो ।

    विशेष अतिथिहरु नेपाली क्लब बहराइनका संरक्षक छबि लाल बिक , बरिस्ठ उपाध्यक्ष दीपक गुरुङ , NRNA बहराइन अध्यक्ष लक्ष्मी गिरी, नेपाली जनसम्पर्क समिति बहराइनका उपाध्यक्ष नारायण उप्रेती , प्रबासी नेपाली मञ्च बहराइन अध्यक्ष हरि श्रेष्ठ , बहराइन नेपाली एकता समाजका अध्यक्ष धन बहादुर कार्की आदिवासी जनजाति महासंघ बहराइनका अध्यक्ष नरेन्द्र घले कार्यक्रम बहराइनमा स्थापित र सम्पूर्ण संघ-सस्था संगठनका प्रमुख/प्रतिनिधिहरु, समाजसेवी,बुद्धिजीवीबर्गहरु, सामाजिक अभियान्ता, सुभेक्छुक,शुभचिन्तक एवं सांगीतिक कार्यक्रमका प्रायोजक,ब्यापार ब्यवसायी, पत्रकार ,कलाकार, कार्यक्रम संचालक,प्राविधिक,स्वयंसेवकहरुलाई पत्रकारहरुको उपस्थिति रहेको थियो ।

    अन्तरक्रिया कार्यक्रममा उठेका सुझाव , सल्लाह अनि गुनासालाई नेपाली क्लब बहराइनका अध्यक्ष कमल श्रेष्ठ ज्युले उत्तर दिनुभएको थियो । नेपाली क्लब बहराइनका का बा महासचिव कृष्ण खाम्चा मगरले आयब्यय र क्लबको गतिविधि प्रष्ट पारेका थिए । नेपाली क्लब बहराइनका कार्यक्रम संयोजक तथा बरिस्ठ उपाध्यक्ष दिपक गुरुङले कार्यक्रम सफल बनाउन अहिलेसम्मकै एतिहासिक बनाउन पाएकोमा सबैलाई धन्यवाद दिए ।

    अन्त्यमा कार्यक्रम बहराइनमा स्थापित र क्रियासिल सम्पूर्ण संघ-सस्था संगठनका प्रमुख/प्रतिनिधिहरु, समाजसेवी,बुद्धिजीवीबर्गहरु, सामाजिक अभियान्ता, सुभेक्छुक,शुभचिन्तक एवं सांगीतिक कार्यक्रमका प्रायोजक,ब्यापार ब्यवसायी, पत्रकार ,कलाकार, कार्यक्रम संचालक,प्राविधिक,स्वयंसेवकहरुलाई पत्रकारहरु सबैलाई सम्मान पत्र बितरण गरिएको थियोे ।
    फोटो :
    लक्ष्मण बिस्वकर्मा

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु