
दलित अधिकारका निमित्त नयाँ पृथक गीत “दियो बल्दैन” को भिडियो सार्वजनिक भएको छ । राजधानीमा कार्यक्रमको आयोजना गरि गीतलाई सार्वजनिक गरिएको हो । गायक राजन भुजेल बिश्वकर्माको सभापतित्व रहेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको केन्द्रिय अध्यक्ष एबम अधिवक्ता त्रिलोक चन्द बिश्वास बिक रहेका थिए । कार्यक्रममा बिशेष अतिथिको रुपमा सन्चारकर्मी एबम दलित महिला अभियन्ता सरु सुनार, राजनितिज्ञ एबम साहित्यकार रणेन्द्र बराईली रहेका थिए भने अतिथिहरु जय शम्भो, भरत बमजन , गणेश परियार, भिम कुसारी, सुसन रामदाम, कृष्ण गदाल लगायत रहेका थिए । कार्यक्रमको संचालन राजकुमार रायमाझीले गरेका थिए ।
जनचेतनामुलक गीत “दियो बल्दैन” मा प्रकाश बराईली “अभिव्यक्ति” को शब्द रचना रहेको छ भने रमेश बिक्रम रत्नको परिकल्पना र सङ्गीत रहेको छ । यस गीतमा राजन भुजेल बिश्वकर्मा, रमेश बिक्रम रत्न, सुजन बराईली, राजेश बर्देवा, सुनितामी परियार, लक्ष्मी परियार, गीता सेन्चुरी र प्रतिमा बिश्वकर्माको स्वर रहेको छ ।
चर्चित निर्देशक होम धितालको निर्देशन रहेको गीतमा बासु बरालको छायांकन, रोशन धितालको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा रामचन्द्र अधिकारी गोप्ते काजी, रमेश बिक्रम रत्न, अस्मिता राना, जय शम्भो, राजन भुजेल बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनय हेर्न पाईन्छ ।
गीतमा – नेपालमा जातिय भेदभावको अन्त्य भैसकेको कुरा नेताहरुको बोलिमा मात्र सिमित हुन्छ । जति पटक छुवाछुत सम्बन्धी ऐन कानुन बनेतापनी कार्यान्वयन हुन सकेको छैन । जहाँ पनि छुवाछूत अझैपनि यथावत रहेको छ । कतिपय दलितहरुलाई आफ्नो अधिकारको बारेमा थाहा छैन ।’ भन्ने भाव देखाइएको छ ।
यस गीतलाई पछिल्लो समयको ब्यस्त म्युजिक कम्पनी धिताल फिल्मस प्रालिले बजार ब्यवस्थापन गरेको छ ।