• पुनमको ‘मैले फेर्ने सास’ मा समारिका, अभि र अम्बिका

    म्यूजिक खबर
    प्रकाशित: १ चैत्र २०७८, मंगलवार

    काठमाडौं । गीतकार पुनम मोथेको शब्दमा ‘मैले फेर्ने सास’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । अस्मिता अधिकारीको स्वर रहेको सार्वजनिक गीतमा राज कुमारको संगीत सुन्न सकिन्छ । गीतलाई एरेन्ज भने संजय हमालले गरेका हुन् ।

    गीतको म्युजिक भिडियोमा समारिका ढकाल, अभि सुनार र अम्बिका तामांगको अभिनय देख्न सकिन्छ ।

    राहुल बराइलीले निर्देशन गरेको भिडियोमा नरेश आएरको छायांकन देख्न सकिन्छ । म्युजिक भिडियोलाई गीतकार पुनम मोथेको अफ़िसिएल च्यानलबाट सार्वजनिक गरिएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु