
काठमाडौं । थारु भाषाको छोटो चलचित्र ‘निपुत्र’ सार्वजनिक भएको छ। राजु राजदेब चौधरीले निर्दशन गरेको चलचित्रमा थारु समाजको कथा उथाइएको छ जहाँ एक निःसन्तान महिलाले भोगिरहेको सामाजिक र पारिवारिक कथा चित्रण गरिएको छ।
सप्तरीमा खिचिएको चलचित्र ऋषिका चौधरी, शोभानंद चौधरी, एमडि आलम, आकाश बिक, आरके पाण्डे, सोभाकान्त चौधरी लगायातका कलाकारहरुले अभिनय गरेका छन्।
लोकेन्द्र राज चौधरीले निर्माण गरेको चलचित्रमा राजु राजदेब चौधरीको कथा, कोपि कान्छुको मेकअप, अनिल शाहको छायांकन, निरज कुमार चौधरीको सम्पादन देख्न सकिन्छ। सेबिल एंटरटेनमेंटको ब्यानरमा निर्माण गएको चलचित्रले निःसन्तान महिलालाई हेर्ने सोच परिवर्तन गर्नुपर्नेमा जोड दिएको छ। चलचित्रका अन्य २ पार्टहरु क्रमशः रिलिज हुने निर्माण पक्ष बताउँछ।