लोकप्रिय गायिका निशा सुनारको अध्यक्षतामा अमेरिकन कलाकार संघ

म्यूजिक खबर
प्रकाशित: २३ भाद्र २०७८, बुधबार

न्यूयोर्क । उत्तर अमेरिकामा रहेका नेपाली कलाकारहरुको संस्था नेपाली अमेरिकन कलाकार संघको साधारण सभा तथा ५ औ महाधिवेशनबाट लोकप्रिय गायिका निशा सुनारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । न्युयोर्कको क्विन्समा गत सेप्टेम्बर ६ का दिन सम्पन भएको महधिवेशनले गायिका सुनारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।


नव निर्वाचित कार्यसमितिमा निशा सुनारको अध्यक्षतामा वरिष्ठ उपाध्यक्ष बसन्ती राई, उपाध्यक्ष बिमल डॉगी, उपाध्यक्ष बिक्की पुलामी मगर, उपाध्यक्ष राजेन्द्र राई, उपाध्यक्ष ईत्ना कार्की, महासचिव संगीता थापा मगर, सचिव मधुर गिरी, कोषाध्यक्षमा पुष्कर बराल, सह कोषाध्यक्ष पुजा न्यौपाने चयन भएका छन् । त्यस्तै सदस्यहरुमा बुद्धिमान घिसिङ, पुष्पा बस्नेत, माया राई, नवीन श्रेष्ठ, चिनियाँलाल श्रेष्ठ रहेका छन् ।

१७ सदसिय कार्यसमितिमा प्रमुख संरक्षक अभय ढुङ्गेल सहित सम्पूर्ण पदमा सर्वसम्मत नेतृत्व चयन भएको थियो । ३ जनाको निर्वाचनसमिति रहेको निर्वाचन समितीमा समाजसेवी जिपिके फ़ाउन्डेशनका अध्यक्ष सोमनाथ घिमिरे, तमु परीवारका अध्यक्ष मनिता गुरुङ, समाजसेवी बिष्णु राना मगर थिए ।

नयाँ कार्यसमिति चयनको क्रममा सबै पदहरुका लागि संख्या भन्दा बढी उम्मेदवारी नपरेको हुँदा सबै निर्विरोध निर्वाचित भएका थिए ।

कार्यक्रमका प्रमुख अथिति न्युयोर्कका कार्यवहाक महाबाणिज्यदुत बिष्णु प्रसाद गौतम तथा बिशेष अथिति फिप्नाका अध्यक्ष लोकचेम्जोङ, पर्यवेक्षक केशबराम राईको संम्योजकत्वमा समाजसेवी नवराज केसी गोमा योन्जन , सुमन टि लिम्बु रहेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु