म्यूजिक भिडियोमा दाइजोको कुरा

म्यूजिक खबर
प्रकाशित: १९ मंसिर २०७७, शुक्रबार

काठमाडौं । मधेशी समुदायमा व्याप्त दाइजो प्रथाले परिवारमा उत्पन्न कलहको विषयमा निर्माण भएको म्यूजिक भिडियो ‘सरला’ सार्वजनिक भएको छ । निशान भट्टराईको स्वर रहेको गीतमा सुवास भुषालको संगीत र प्रलाहद शाहको शब्द रचना छ । विकास सुवेदीको कन्सेप्ट र निर्देशन रहेको भिडियोलाई सागर प्रधानले खिचेका हुन् । गीतको भिडियोमा जीवन थापाको सम्पादन तथा कलर रहेको छ । एरेञ्ज उदयराज पौडेलले गरेका हुन् ।

मधेशी समुदायमा हुर्के-बढेका अभिनेता नाजिर हुसेनले भिडियोमा अभिनय गरेका छन् । उनलाई अनु थापाले साथ दिएकी छन् ।
अन्तरजातिय प्रेम विवाह गरेपछि नाजिरको परिवारले दाइजो नल्याएको भन्दै अनुमाथि गरेको नराम्रो व्यवहारलाई भिडियोमा देखाइएको छ । गीतले नाजिर र अनुबीचको प्रेमभाव व्यक्त गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु