‘कुन मायाको साइनो’ (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: १२ असार २०७६, बिहीबार

चलचित्र ‘साइनो’को दोस्रो गीत ‘कुन मायाको साइनो’ सार्वजनिक भएको छ । साउन २४ गते देखि देशभरका सिनेमा घरमा आउन लागेको चलचित्रको अभिनेत्री भुवन चन्द थापाले निर्माण गरेको र रमेश थापाले निर्देशन गरेका हुन् । प्रताप दास र जीना रसाइलीको स्वर रहेको गीतलाई एलिश कार्कीले सङ्गीत दिएका छन् ।गीतमा राजेशकुमार श्रेष्ठको शब्द रचना रहेको छ । गीतमा निता ढुङ्गाना, मीरुना मगर र राज कुमारबीचको त्रिकोणात्मक प्रेम देखाइएको छ । निता, मिरुना र राजसँगै भुवन चन्द थापा, वसुन्धरा भुसाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई, शिखा मल्ल, विशाल पहाडीलगायतका कलाकारको अभिनय रहेको छ । चन्द्र विनायक फिल्म प्रोडक्सनको ब्यानर निर्माण भएको चलचित्रमा रामेश्वर कार्कीको छायाँकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु