गीतकार नूतनको ‘कैदी बनाउ’ को भिडियो सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: १७ माघ २०७५, बिहीबार

काठमाडौं । गीतकार नूतन भूसालको शब्द रचना एवं सुनिल मास्केको एकल संगीतमा रहेको एल्बम ‘नूतन कृति’मा समावेश भएको गीत ‘कैदी बनाउ’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । एल्बम बजारमा आएको लामो समयपछि भिडियो सार्वजनिक भएको हो । कैदी बनाउ गीतबाट म्यूजिक खबर सातौं म्यूजिक अवार्डमा सर्वोत्कृष्ट गायिकाको अवार्ड चुम्न सफल गायिका प्राश्ना शाक्यको स्वरमा समावेश रहेको छ । साथै यसै गीतबाट म्यूजिक खबर म्यूजिक अवार्ड जुरी अवार्ड चुम्न संगीतकार सुनिल मास्केको संगीत रहेको छ ।

कैदी बनाउको भिडियोलाई सानराज रानाले छायाँकन एवं सम्पादन गरेका छन् भने हाङ चेमजोङको निर्देशन रहेको छ । भिडियोमा गोपी राई र एलिना थापामगरले अभिनय गरेका छन् ।

 

 


भक्तपुरबाट प्रारम्भ हुँदैछ दीपकको ‘मन मगन यात्रा’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु