• पशुपति, राजु र देवीलाई दुई बिसेले छोयो

    म्यूजिक खबर
    प्रकाशित: ३ श्रावण २०७७, शनिबार

    काठमाडौं । दुई वर्षअघि लौरी हरायो भन्दै आएका टोली यस वर्ष भने दुई बिसेले छोयो भन्दै सार्वजनिक भएका छन् । गत वर्ष सुहायो चौपट्टै भन्दै भनेका थिए तर यो वर्ष यही जोडीको पीडा भने दुई बिसेले छोयो भन्नेमा केन्द्रीत भएको छ ।
    ीतज आएपछि सबैलाई सांगीतिक कोसेले बजारमा ल्याउने लर्को लागेको छ । कोरोनाको कहर छाडेर मान्छे तिजको रहरतिर लम्किरहेको बेला गायक पशुपति शर्मा, राजु ढकाल र गायिका देवी घर्तीले भने ‘दुई बिसेले छोयो’ बजारमा ल्याएका हुन् । दुई बिसे अर्थात् ४० वर्ष उमेर पुगेको लक्षण प्रस्तुत गरेका हुन् उनीहरुले ।

    लोकप्रिय एवं सर्वाधिक व्यस्त गायिका देवी घर्ती मगरको आफ्नै च्यानलमार्फत भर्खरै ४ बजे भिडियो पलोड गरिएको छ । लोकप्रिय गायकद्वय पशुपति शर्मा, राजु ढकाल र लोकप्रिय गायिका देवी घर्तीको स्वर रहेको छ । सहगायनमा गायकद्वय रविन लामिछाने, प्रकाश पराजुली र गायिकाद्वय रुपा सिञ्जाली मगर र प्रेमा रानामगरले पनि साथ दिएका छन् । शब्द, भाका दुवै पशुपति शर्माको हो । बुढ्यौली उमेरतिर ढल्केकोमा आ– आफ्ना समस्या एकपछि अर्को गरी प्रस्तुत गर्दा दर्शकहरुलाई समेत रमाइलो प्रदान गरिएको छ । डोलराज बाह्रघरे मगरको एरेन्ज र सुमन रानाले रेकर्ड गरेको गीत मारुनीका कुमार रानाले मिक्सिङ गरेका हुन् ।

    भिडियोलाई दुर्गा पौडेलले निर्देशन तथा छायाँकन गरेको गीतका कोरियोग्राफ रिता तामाङले गरेका हुन् । भिडियोलाई नविन घर्ती मगरले सम्पादन गरेका हुन् । श्याम मल्लले मेकअप गरिदिएका छन् । प्रकाश धमाला, भोज तामाङ र प्रकाश मगरले पनि सहयोग गरेका छन् । एडभेञ्जर इन्टरटेनमेन्टले भिडियोको जिम्मा लिएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु