पल शाह र जसिता गुरुङको पहिलो भेट, अवार्ड चुम्दा देखिए दङ्ग

म्यूजिक खबर
प्रकाशित: १० जेष्ठ २०८३, आईतवार १६:४२

काठमाडौं । शनिबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आयोजित ‘तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३’ को अवार्ड सम्पन्न भयो । अवार्ड समारोहमा अभिनेता पल शाह र अभिनेत्री जसिता गुरुङको पहिलो भेट भयो । यी दुईको भेट मात्र भएन अवार्ड पनि चुमे । चलचित्र ‘जेरी अन टप’ बाट जसिता गुरुङ उत्कृष्ट अभिनेत्री घोषित भइन् भने अभिनेता पल शाहलाई ‘सोसियल आइकन एक्टर अवार्ड‘ प्रदान गरिएको छ।

आर्टमाण्डू नेपालले निर्माण गरेको ‘ऊनको स्वीटर’ उत्कृष्ट फिचर फिल्म घोषित हुँदा सोही चलचित्रबाट विपिन कार्कीले उत्कृष्ट अभिनेता र नवीन चौहानले उत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गरेका छन्। चलचित्र ‘ऊनको स्वीटर‘ ले उत्कृष्ट चलचित्रसहित सर्वाधिक अवार्ड चुमेको छ।

कर्णाली एडिसन अवार्ड (निर्देशक) राज बहादुर सानेले प्राप्त गर्दा उदीयमान चलचित्र निर्माता तथा वितरकको अवार्ड आशिष तामाङले र उत्कृष्ट सर्ट फिल्मको अवार्ड मुगुको फ्लाइङ फिदर फिल्म्सद्वारा निर्मित ‘ह्याप्पिनेस’ले जितेको छ। यस्तै, कर्णाली भिजनरी अवार्डबाट ‘प्रेम गीत २’का निर्माता सन्तोष सेनलाई सम्पानित गरियो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु