• रुचाइएको जोडी पल र नारायणी, ‘कान्छी मायाको गाला पुक्क पुक्क’ चर्चामा

    म्यूजिक खबर
    प्रकाशित: २ जेष्ठ २०८२, बिहीबार १९:४३

    काठमाडौ । पछिल्लो वर्षहरुमा नेपाली मनोरञ्जन क्षेत्रका लागि तहल्का मचाएका मोडल हुन् पल शाह । म्यूजिक भिडियोदेखि महोत्सवसम्म उनको क्रेज लोभलाग्दो देखिन्छ । केहि चलचित्रमा नायक भइसकेका पलले सयौं गीतमा मोडलिङ गरेका छन् । यो क्रममा पलले थुप्रै कलाकारसँग स्क्रिन शेयर गरे । यतिबेला सांगीतिक क्षेत्रमा चम्किरहेकी मोडल नारायणी खत्रीसँग उनको सहकार्य बाक्लो देखिन थालेको छ । मेला महोत्सवमा समेत रुचाइएको यो जोडीले धेरै म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन् । ति गीतहरु हिट छन्, सदाबहार छन् ।
    ‘करिमैले पो के गर्छ काईंला ‘मायालुकै नाउँमा’ जस्ता हिट ट्रयाकपछि पल शाह र नारायणी खत्री फिचर्ड नयाँ गीत ‘कान्छी मायाको गाला पुक्क पुक्क’ २ दिन अघि इन्टरनेट रिलिज भएको छ । मौसम हिमालीको निर्देशन तथा नृत्य निर्देशनमा तयार भएको भिडियोलाई नवराज उप्रेतीले छायांकन गरेका हुन् । मनोज कार्कीले सम्पादन गरेको भिडियोलाई नारायणी खत्री युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीत सार्वजनिकसँगै उत्साहजनक भ्युज बटुल्न सफल भएको छ । कमेन्टमा पल र नारायणीको जोडीलाई प्रशंसा गरिएको छ ।
    यस गीतका शब्द नेत्र अर्यालले लेखेका हुन् । लोकप्रिय गायक खेम सेन्चुरी र गायिका शान्तारानी परियारले स्वर दिएका छन् । नन्दु परियारले संगीत भरेका गीतको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ एचबिएन किस्मतले गरेका हुन् ।

    पल र नारायणीले अभिनय गरेका पछिल्ला म्युजिक भिडियोलाई दर्शकले रुचाए जस्तै गायक खेम सेन्चुरी र गायिका शान्तारानी परियारको सहकार्य पनि निकै फापेको पाइन्छ । उनीहरुको सहकार्यको गीत ‘ढले ढलें ले विश्व सांगीतिक बजारमा नै तहल्का पिट्यो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु