लक डाउन १ लाख पुरस्कारको कविता प्रतियोगिता

म्यूजिक खबर
प्रकाशित: १९ चैत्र २०७६, बुधबार

काठमाडौं । यतिबेला संसारभर कोभिड १९ अर्थात कोरोना भाइरसको त्रास छ । यो भाइरसका कारण विश्वभर हजारौंको ज्यान गइसकेको छ । धेरै देशका नागरिक सडकमा खुलम खुल्ला हिड्न सकिरहेका छैनन् ।

स्थिति नेपालको पनि त्यस्तै हो । लक डाउनका कारण लगभग १० दिनदेखि नेपाल बन्द छ । नेपालभरका नागरिक अहिले घरको मुख्य गेट बन्द गरेर घरभित्र थुनिएका छन् । यसै सन्दर्भमा ‘मझेरी द लकडाउन कविता प्रतियोगिता’आयोजना हुने भएको छ । ‘एस आर विएन मिडिया’ लेआयोजना गरेको प्रतियोगीतामा संसारभरबाट नेपालीहरुले भाग लिन सक्नेछन् ।

आफैले रचना गरेको कविता वाचन गरेको भिडियोलाई क्यामेरा अथवा मोवाइलले खिचेर एसआरविएन मिडियाको आधिकारिक इमेलः majheripoetry@gmail.com मा पठाउनु पर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेले १ लाख, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले पच्चिस हजार प्राप्त गर्नेछन् । प्राप्त भिडियोबाट टप १० लाई फाइनल प्रतिस्पर्धा गराइने आयोजक संस्थाका सिइओ विपिन कुमार आचार्यले जानकारी दिए । कार्यक्रमको फाइनल लक डाउन सकिए लगत्तै गर्ने आयोजकको तयारी छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु