• पोखरा दोहोरीद्वारा लोकदोहोरी स्रष्टालाई सम्मान

    म्यूजिक खबर
    प्रकाशित: १६ चैत्र २०७५, शनिबार

    काठमाडौंं । स्थापनाको दुई दशकपछि नयाँ व्यवस्थापनका साथमा सञ्चालनमा आएको ठमलेलस्थित पोखरा दोहारी नाचघरले लोकदोहोरी क्षेत्रमा लामो योगदान दिएका लोकप्रिय लोक श्रस्टाहरुलाई सम्मान गरेको छ । दोहोरी नाचघरमा आयोजना एक विशेष समारोहमा नाचघरका सुचित्रा घिमिरे तथा सुमी श्रेष्ठले लोकश्रस्टाहरुलाई सम्मान गरेका हुन् ।

    समारोहमा लामो समयदेखि लोक गीत संगीत क्षेत्रमा रही नेपाली लोकगीतलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रि«य क्षेत्रमा पु¥याउन सफल चर्चित गायक तथा चलचित्र निर्देशक नारायण रायमाझी, गायिका बिमाकुमारी दुरा, गायक राजु परिवार, रेशम थापा, खुमन अधिकारी, गायिका मञ्जु पौडेल, संचारकर्मी अनुषा पौडेल, गायक तथा सञ्चारकर्मी कृष्ण कँडेल, नृत्य निर्देशक उदिराम खड्का, शिव हमाल, बाबुराम बोहरालाई लोक गीत तथा संगीतको विकासमा पु¥याउनु भएको योगदानको कदर गर्दै सम्मान गरिएको आयोजकले बताए ।

    उक्त अवसरमा पोखरा दोहोरी नाचघरले नै हिजो शुक्रवारदेखि सञ्चालनमा ल्याएको पोखरा थकाली भान्छाघरको वरिष्ठ कलाकार नारायण रायमाझी तथा बिमाकुमारी दुराले रिबन काटेर उद्घाटन गर्नु भयो । एउटै स्थानमा दिउँसोको समयमा थकाली परिकारमा मज्जा लिन सकिने र रात्रीकालिन समयमा दोहरी तथा नृत्यको मज्जा लिन सकिने आयोजकले जनाए ।

    दुई दर्जन कलाकारहरुद्वारा हरेक साँझ गायन तथा नृत्यको कार्यक्रम प्रस्तुत गरिने उक्त नाचघरमा लोक गायनमा सक्रिय रहेका धेरै चर्चित कलाकारहरुले दैनिक लोक भाकाहरु प्रस्तुत गर्ने कलाकार संयोजक छबी खड्काले बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु