• पुजा र आकाशको स्क्रिन सियर गरेको म्युजिक भिडियो (भिडियो सहित)

    म्यूजिक खबर
    प्रकाशित: २ जेष्ठ २०७६, बिहीबार

    रामकहानी र सम्हालिन्छ कहिले मन चलचित्रमा एकसाथ देखिएका पुजा र आकासको स्क्रिन सियर गरेको म्युजिक भिडियो तस्बिर सार्वजनिक भएको छ ।

    लोकप्रिय जोडी पुजा शर्मा र आकास श्रेष्ठले एकसाथ स्क्रिन सियर गरेको म्युजिक भिडियो तस्बिर सार्वजनिक भएको छ । रामकहानी र सम्हालिन्छ कहिले मन चलचित्रमा एकसाथ देखिएका पुजा र आकासको जोडीलाई दर्शकहरुले अत्याधिक रुचाएका छन । हेर्नुस भिडियो यस्तो बनेको छ ।

    सनुप पौडेल र निशा कंडेलको स्वर रहेको गीतमा बिष्णु बाबु देवकोटाको शब्द तथा टिका दाहालको संगीत सुन्न सकिन्छ भने गीतलाई एरेन्ज राहुल प्रधानले गरेका छन् ।

    निकेश खड्काले निर्देशन गरेको भिडियमा बुद्द थापाको छायाँकन ,सबिना गुरुङको मेकअफ र सुबल थापाको सह निर्देशन गरेको छ । लभ स्टोरीमा बनेको म्युजिक भिडियो अडियो झैँ अब्बल बनेको छ । गीतलाई के बि ए गोल्बलले निर्माण गरेको हो ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु