मानव जीवन दर्शनले भरिएको ‘पथ्थरको जिन्दगी’

म्यूजिक खबर
प्रकाशित: १९ आश्विन २०७८, मंगलवार
Tanka Bahadur Pandit

काठमाडौं । ‘पथ्थरको जिन्दगी’ गीत मानव जगतमा दर्शनका रुपमा प्रस्तुत गरिएको गीत हो । गीतकार गीता बजगाई (अधिकारी)को शब्दरचना रहेको यस गीतभित्र मानव जीवनको मार्गदर्शनका रुपमा प्रस्तुत गरिएको छ । अर्को जुनी कसैले नपाएको र यस जुनीमा नै सकारात्मक सन्देशसहित बाँच्न जान्नुपर्छ भन्ने भावले गीतको निर्माण भएको छ । संगीतकार हरि लम्सालको संगीत र फणिन्द्र राईको संगीत संयोजन रहेको यस गीतको भिडियोलाई साई भिजनको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा प्रविन वेडवालको स्वर रहेको छ ।


यस गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन् । भिडियोमा सुरबीर पण्डित र विजय पुनले अभिनय गरेका छन् । नवराज उप्रेतीको छायाँकन रहेको यस भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु