प्रविन तामाङको ‘तामाङको जात’ (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ३ आश्विन २०७६, शुक्रबार

काठमाडौं । प्रविन तामाङ वाइबाकोे ‘तामाङको जात’ बोलको गीत सार्वजनिक भएको छ । उनी र्याप म्युजिकका पारखी हुन् । यस्तैप्रतिभाले आफ्नो पहिलो र्याप गीत ‘तामाङको जात’ बजारमा ल्याएका हुन् । उक्त गीतमा विनकै शब्द र सङ्गीत रहेको छ भने सोही गीतको भिडियोलाई सञ्चारकर्मी प्रशन्न रिमालले निर्देशन गरेका हुन् । उक्त भिडियोमा प्रविनसँगै आर्डेन र इलिक फिचरिङ छन् ।

उक्त सार्वजनिक गीतलाई डम्बर राईले याँकन गरेका हुन भने सोही गीतको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । ‘तामाङको जात’ बोलको गीतलाई एमएमएस इन्टरटेनमेन्टले सार्वजनिक गरेको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु