दिदीबहिनीको पीडा व्यक्त गरिएकोे गीत ‘परदेशी दिदी’

म्यूजिक खबर
प्रकाशित: ९ श्रावण २०७५, बुधबार

९ साउन, काठमाडौं । परदेश गएकी दिदी र गाउँमा मेलापात गर्दै गरेकी बहिनीबीचको दुःख पीडा पोख्ने गीतका रुपमा बजारमा आएको तिज गीत हो ‘परदेशी दिदी’ । दशरथ ठकुरी (दर्शन)को शब्दरचनामा रहेको तिज गीत परदेशी दिदीको संगीत भने दिलु फगामी मगरले गरेकी छन् । दिलु फगामी मगर र सुनिता गिरीको स्वरमा रहेको तिज गीत परदेशी दिदी यतिबेला युट्यूब लगायतका समाजिक सञ्जालमा राम्रो प्रतिक्रिया बटुलिहेको छ ।

परदेशी दिदीको म्यूजिक भिडियोमा तारानाथ आचार्यको निर्देशन रहेको छ । शम्भू चालिसेको कोरियोग्राफर रहेको यस म्यूजिक भिडियोलाई गणेश सापकोटा र नवीन केसीले सम्पादन गरेका छन् । स्मृति र कृष्णाको अभिनय रहेको यस गीतको मिडियाको संयोजनको काम भने मन्जु कुँवरले गरेकी हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु