• प्रज्वलको नयाँ गीत ‘यो माया नै हो’ सार्वजनिक

    म्यूजिक खवर
    प्रकाशित: १५ फाल्गुन २०७७, शनिबार
    superstar

    काठमाडौँ । गायक प्रज्वल श्रेष्ठको स्वर रहेको नयाँ गीत ‘यो माया नै हो’ सार्वजनिक भएको छ । आकर्षक म्युजिक भिडियो सहित गीत सार्वजनिक भएको हो ।
    गीतमा शब्द, संगीत समेत प्रज्वल श्रेष्ठकै रहेको छ । गीत गायनमा प्रज्वललाई विधान प्रधान ‘सिओडी’ले साथ दिएका छन् ।
    प्रेमकथा समेत बुनिएको गीतको भिडियोमा स्वेता मिश्रा र सिमरन शाक्यको अभिनय छ । अनिल मानन्धरको छायाँकन, रोहेल बज्राचार्यको सम्पादन रहेको भिडियो मणीले निर्देशन गरेका हुन् ।


    युवाबर्गलाई लक्षित गरेर तयार पारिएको यो गीत मार्फत सुपरस्टार इन्टरटेनमेन्ट सांगीतिक क्षेत्रमा फेरि फर्किएको हो । एकसमय सुपरहिट गीत दिएको सुपरस्टारले लामो समयपछि सांगीतिक क्षेत्रमा पुनरागमन गरेको छ ।
    सुपरस्टार यमबुद्ध, जिएक्स सोल, सिओडीलगायत नयाँ प्रस्तुती लिएर ‘आगमन’ एल्बमका साथ आएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु