• म पनि आँशुले रुझेको भन्दै भण्डारी (फोटो फिचर सहित)

    म्यूजिक खबर
    प्रकाशित: ३१ बैशाख २०७१, बुधबार

    गोपीकृष्ण चापागाई, ३१ बैशाख
    काठमाडौं । लोक एवम् आधुनिक गीतको क्षेत्रमा उल्लेख्य योगदान दिइसकेका गीतकार एवम् संगीतकार एकनारायण भण्डारी यतिबेला भन्न थालेका छन् – म पनि आँसुले रुझेको । सधैं मर्मस्पर्शी शब्दहरु लेखेर त्यसलाई संगीतबद्ध गर्दै आएका गीतकार भण्डारीले पछिल्लो समय निकाल्न लागेको गीत म पनि आँसुले रुझेको युवा पुस्ताको मन छुने भएको बताएका छन् ।
    याम क्षेत्री र पूर्णकला बिसीको स्वर रहेको उक्त गीतलाई प्रकाश भट्टले निर्देशन गरेका छन् । दुर्गा पौडेलको छायाँकनमा म्यूजिक भिडियोसमेत निर्माण गरिएको उक्त गीतलाई सितारा म्यूजिकले बजार प्रबद्र्धन गर्न लागेको हो । उक्त गीतमा अपेक्षा सिलवाल र महेन्द्र गौतमको अभिनय रहेको छ ।
    कोरी बाटी परे है चिटिक्कै
    मेरो चिन्ता नलिए फिटिक्कै
    हरेस नखाउ तिम्र्रो मर्म बुझेको छु सानु
    रहर हैन बाध्यता हो टाढा हुनु पर्ने
    म पनि आँशुले रुजेको छु सानु

    gautam mahendra gaut mahendraaa mahendra mahendra gautamm mahendra gautam

     

     

     

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु