प्रकाश सपुतको ‘बदला बरिलै’ सामाजिक घटनाको चित्रण

म्यूजिक खबर
प्रकाशित: १८ श्रावण २०७७, आईतवार

काठमाडौं । गायक तथा सर्जक प्रकाश सपुतले नयाँ गीत ‘बदला बरिलै’ सार्वजनिक भएको छ । सामाजिक घटनामा चित्रण गरिएको गीत हो ‘बदला बरिलै’ । प्रकाशकै कम्पनी भाका नेपालमार्फत् बजारमा ल्याइएको उक्त गीतमा नारीमाथि सभ्रान्त भनिने पुरुषबाट गरिएको दमन र पीडालाई भिडियोमा उतारिएको छ ।

बलात्कृत नारीहरुको संवेदनालाई जीवन्त चित्रण गरेर तयार गरिएको उक्त भिडियोमा नायिका केकी अधिकारी र ध्रुव कोइरालाले जीवन्त अभिनय गरेका छिन् ।

प्रत्येक वर्ष नेपाली सांगीतिक दुनियाँमा फरक छाप बनाउन सफल सपुतले यस गीतलाई विल्कुलै नयाँ ढंगले बजारमा ल्याएका छन् । देवी घर्तीको स्वर रहेको यस गीत स्वयं प्रकाश सपुतले लेखेका छन् भने म्युजिक भिडियाको निर्देशन पनि सपुतले नै गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु